Dhading Nepali Society America Inc

Dhading Nepali Society America Inc It is a page under which all of people in USA from Dhading Nepal can join for being in a same ground for common Purpose.

09/02/2026

धादिङ नेपाली समाज अमेरिका

आपत्कालीन राहत कोष स्थापना तथा सहयोग आह्वान

अगस्ट 26, 2026 मा धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष श्री सागर अधिकारीज्यूको अध्यक्षतामा सम्पन्न आकस्मिक Zoom बैठकबाट हाल बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले आपत्कालीन राहत कोष स्थापना गर्ने सर्वसम्मत निर्णय गरिएको छ।

उक्त कोषलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्न वरिष्ठ उपाध्यक्ष श्री राज गुरुङज्यूको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।

समिति:

1. संयोजक: राज गुरुङ — वरिष्ठ उपाध्यक्ष
2. सदस्य सचिव: हरि गिरी — महासचिव
3. सदस्य: एलान तामाङ — कोषाध्यक्ष

यस अभियानलाई सफल बनाउन संस्थाको सम्पूर्ण कार्यसमिति, बोर्ड सदस्य, सल्लाहकार तथा सदस्यहरूले आवश्यक सहयोग र समन्वय गर्ने निर्णय गरिएको छ।

साथै, विशेषगरी अमेरिकाका ५० वटै राज्यमा छरिएर रहनुभएका सम्पूर्ण धादिङवासी बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस मानवीय अभियानमा जोडिँदै आफ्नो क्षमताअनुसार स्वेच्छिक आर्थिक सहयोग गर्न हार्दिक आह्वान गर्दछौँ।

हालसम्म प्राप्त सहयोग रकम

1. Raj Gurung and Sahana KC — $1,111
2. Sagar and Nawina Adhikari — $1,001
3. Krishna Simkhada — $705
4. Kumar Ghale — $701
5. Ram Chandra Upreti — $501
6. Ram Malla Thakuri — $501
7. Elan Tamang — $501
8. Kapil Khatiwada — $501
9. Diwakar Pande — $501
10. Dr. Narayan Dharel — $501
11. Nabin Rijal — $501
12. Tek Man Tamang Galthen — $501
13. Krishna Ghale — $501
14. Badri Khatiwada — $500
15. Shree Ram Khatiwada — $500
16. Hari Giri — $500
17. Raman Shrestha — $500
18. Kabab and Curry Durham, NC Team — $408
19. Sandip Dharel — $400
20. Raj Shrestha — $305
21. Ganesh Lamsal — $301
22. Gyan Ghale — $301
23. Bhakta Gurung — $301
24. Krishna Lamsal — $257
25. Basu Ghale — $255
26. Ruby Ghishing — $251
27. Bibek Bajracharya — $250
28. Pampha Gurung — $205
29. Bhuban Simkhada — $205
30. Motiram Danai — $202
31. Krishna Adhikari — $202
32. Bikram Adhikari — $201
33. Dinesh Naharki — $201
34. Manchirring Tamang — $201
35. Shambhu Bhatta — $201
36. Rabin Bidari — $201
37. Sudesna Adhikari — $201
38. Armoon Bogati — $201
39. Adhikari Raja — $201
40. Tak Ruwali — $201
41. Kumari Lama — $201
42. Niraj Kumar Amatya — $201
43. Janga Gurung — $201
44. Anil Baral — $200
45. Amrit Aryal — $200
46. Alan Hill, NC — $200
47. Jack Tamang — $155
48. Santosh Lamsal — $151
49. Uttam Gurung — $151
50. Sarad Thapa — $151
51. Suraj Bahadur Gurung — $151
52. Nabaraj Burlakoti — $150
53. Dharmendra Milan — $150
54. Ramesh Sharma — $150
55. Uttam Dhamala — $150
56. Bikash Kadel — $125
57. Hari Prasad Poudel — $121
58. Rajan Gauli — $111
59. Hari Ram Burlakoti — $111
60. Manny Bhatta — $111
61. Shiva Etani — $111
62. Deepak Shrestha Salyantar — $107
63. Kamal Duwadi — $101
64. Sunita Bagdas — $101
65. Amir Tamang — $101
66. Keshor Shrestha — $101
67. Resham Nath Adhikari — $101
68. Madav Adhikari — $101
69. Ram Hari Adhikari — $101
70. Shambhu Kadariya — $101
71. A***n Bajracharya — $101
72. Paudel Pcube — $101
73. Selba Lama — $101
74. Nar Bahadur Gurung — $101
75. Sunita Thapa — $101
76. Chandra Malla — $101
77. Raj Kumar Pathak — $100
78. Dev Raj Sadaula — $100
79. Babu Tripathi — $100
80. Subash Sitaula — $99
81. Suman Magar — $80
82. Bishal Thapa — $72
83. Gam Gurung — $71
84. Joseph K. Yankash — $60
85. Eka Raj Shakya — $55
86. Nischal Adhikari — $55
87. Debendra Giri — $55
88. Sarita Tamang — $55 (NCC Church)
89. Punkaj Ghale — $55
90. Samjhana Khakural — $55
91. Anujang Thapa Magar — $55
92. Janak Pathak — $55
93. Abiral Pandit — $51
94. Kisan Adhikari — $51
95. Shova Bidari — $51
96. Uttam Adhikari — $51
97. Chyangba Waiba (Beg Tamang) — $50
98. Nischal Subedi — $50
99. Sanjib Sharma — $50
100. Narayan Pariyar — $35
101. Farhanna (DEP City Staff) — $20

सहयोग पठाउने माध्यम

📧 Zelle:
[email protected]

उपलब्ध गराइएको QR Code स्क्यान गरेर पनि आफ्नो बैंकको App मार्फत सजिलै Zelle बाट सहयोग रकम पठाउन सक्नुहुन्छ।

कृपया सहयोग पठाउँदा आफ्नो नाम स्पष्ट रूपमा उल्लेख गरिदिनुहोला।

सम्पूर्ण सहयोग रकम पारदर्शी रूपमा अभिलेख गरी आवश्यक समन्वयका साथ धादिङका बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित वास्तविक पीडित परिवारहरूसम्म पुर्‍याइनेछ।

अझै सहयोग गर्न बाँकी रहनुभएका आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध—आफ्नो हात, मन र हृदय खोलेर आफूले सकेको सहयोग गरिदिनुहोस्।

आज तपाईंले प्रदान गर्नुभएको सानो सहयोग पनि पीडित परिवारका लागि ठूलो सहारा र आशा बन्न सक्छ। 🙏

सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दछौँ। 🙏

धादिङ नेपाली समाज अमेरिका
आपत्कालीन राहत संकलन अभियान

08/27/2026

🙏❤️ हृदयदेखि सहयोगको हार्दिक अपिल ❤️🙏

प्राकृतिक विपद्का कारण हाम्रो धादिङका धेरै दाजुभाइ तथा दिदीबहिनीहरू कठिन परिस्थितिबाट गुज्रिरहनुभएको छ। कतिपय परिवारले आफ्ना प्रियजन गुमाउनुभएको छ, कतिपय विस्थापित हुनुभएको छ भने धेरैलाई तत्काल राहत र सहयोगको आवश्यकता परेको छ।

यस दुःखद घडीमा धादिङ नेपाली समाज अमेरिका ले मानवीय जिम्मेवारी महसुस गर्दै, संस्थासँग सीमित स्रोतसाधन हुँदाहुँदै पनि $5,000 सहयोग रकम छुट्याएको छ।

अब अमेरिकाका विभिन्न राज्यमा रहनुभएका सम्पूर्ण धादिङवासी दाजुभाइ, दिदीबहिनी, शुभचिन्तक, नजिकका आफन्त तथा प्रिय साथीहरूमा हृदयदेखि अनुरोध गर्दछौँ—आफ्नो क्षमता, इच्छा र गच्छेअनुसार यस मानवीय अभियानमा जोडिनुहोस्। कसैले सानो सहयोग गर्नुहुन्छ, कसैले ठूलो; तर हरेक सहयोग पीडित परिवारका लागि महत्वपूर्ण सहारा बन्न सक्छ।

धेरै सहयोग गर्न सक्ने महानुभावहरूले आफ्नो क्षमताअनुसार उदारतापूर्वक साथ दिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ। तपाईंहरूले विश्वासका साथ दिनुभएको सहयोग रकमलाई जिम्मेवार, व्यवस्थित र पारदर्शी ढंगले वास्तविक पीडित परिवारसम्म पुर्‍याउने हाम्रो प्रतिबद्धता छ।

💳 Zelle मार्फत सहयोग गर्न:
[email protected]

कृपया यो पोस्ट Share गर्नुहोस् र सहयोग गर्न इच्छुक आफ्ना साथीभाइ, आफन्त तथा शुभचिन्तकहरूलाई Tag गरेर यो अभियान धेरैभन्दा धेरै मनसम्म पुर्‍याउन सहयोग गरिदिनुहोला। 🙏

हामी जहाँ रहे पनि, हाम्रो जन्मभूमिको दुःखमा साथ दिनु हाम्रो साझा जिम्मेवारी हो।
आउनुहोस्, सबै मिलेर हातेमालो गरौँ र पीडित परिवारको सहारा बनौँ। ❤️🙏

हरि गिरी
महासचिव
धादिङ नेपाली समाज अमेरिका

08/26/2026

चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत त्रिशूली नदी आसपासका क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति धादिङ नेपाली समाज अमेरिका गहिरो दुःख व्यक्त गर्दछ।
यस विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।

यस कठिन परिस्थितिमा नेपाल सरकार, स्थानीय सरकार, सुरक्षा निकाय, विपद् व्यवस्थापन निकाय, स्वास्थ्यकर्मी तथा विभिन्न सामाजिक संघ–संस्थाहरूलाई खोज तथा उद्धार कार्यलाई तीव्र बनाई प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दै प्राथमिक उपचार, औषधि, खाना, स्वच्छ खानेपानी तथा आवश्यक राहत सामग्री यथाशीघ्र उपलब्ध गराउन हार्दिक अपिल गर्दछौं।

साथै जोखिमयुक्त तथा नदी तटीय क्षेत्रमा रहनुभएका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्बन्धित निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न अनुरोध गर्दछौं।
यो कठिन समय छिट्टै पार होस्, उद्धार र राहतका हातहरू समयमै प्रभावितहरूसम्म पुगून् र विपत्तिले उजाडिएका परिवार तथा समुदायमा पुनः आशा, हिम्मत र सामान्य जीवन फर्किन सकोस् भन्ने हृदयदेखि कामना गर्दछौं। 🙏

धादिङ नेपाली समाज अमेरिका

🏐 All the Best, Team Dhading Nepali Samaj America! 🇳🇵🇺🇸आगामी भलिबल प्रतियोगिताको तयारीमा जुटेको हाम्रो टिमलाई सफलताको हा...
08/23/2026

🏐 All the Best, Team Dhading Nepali Samaj America! 🇳🇵🇺🇸आगामी भलिबल प्रतियोगिताको तयारीमा जुटेको हाम्रो टिमलाई सफलताको हार्दिक शुभकामना! 💪🏆
Go Team Dhading! 🏐❤️

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fdhadingpost.com%2F2026%2F08%2F22%2F88994%2F%3Ffbclid%3DIwcGRvZgRleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZA80Mzc2MjYzMTY5NzM3ODgAAR6TbXHa7Xqa21fEoSUyawQV743WjAbgEDhrXpl8zqn4NJC1TnZL4ck_eKBSVw_aem_-J11x9ry-FCrHY1TMfOBEg&h=AUAUEWieLGxGALQ5thkGZeDXU1WQWYZ806Mf5YIK-j5B6txdkZFWgv_F1ShhWItxmGlJyfh9eHTp-RxqmXCkavAnLkksRm9cBMEAOp8_2sYBwepJcdiFC7c_4_W_PgoBMpAgXRvs0lXBTyI&s=1

धादिङ नेपाली समाज अमेरिका सेप्टेम्बर ५ र ६ मा न्यूयोर्कमा हुने प्रथम Interstate NRNA Cup Volleyball Tournament 2026 मा सहभागी हुँदैछ ।

🇳🇵❤️🇺🇸 धादिङ नेपाली समाज अमेरिका द्वारा आयोजित Summer BBQ & Picnic 2026 तथा Grand Raffle आपसी आत्मीयता, एकता र उत्साहका ...
08/17/2026

🇳🇵❤️🇺🇸 धादिङ नेपाली समाज अमेरिका द्वारा आयोजित Summer BBQ & Picnic 2026 तथा Grand Raffle आपसी आत्मीयता, एकता र उत्साहका साथ भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमलाई सफल बनाउन सुरुवाती तयारीदेखि अन्तिम समयसम्म अहोरात्र खटिनुहुने तथा शारीरिक, आर्थिक, व्यवस्थापकीय एवं प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्ण कार्यसमिति, BOD, सल्लाहकारज्यूहरू, सदस्यहरू, स्वयंसेवकहरू, कलाकारहरू, सहयोगदाता, शुभेच्छुक तथा सपरिवार उपस्थित सम्पूर्ण महानुभावहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद एवं आभार। ❤️ यी तस्बिरहरूमा त्यही सुन्दर दिनका केही यादगार पलहरू… 📸🙏

धादिङ नेपाली समाज अमेरिका द्वारा आयोजित Summer BBQ & Picnic 2026 को समाचारलाई विशेष स्थान दिई प्रकाशित गरिदिनुभएकोमा धाद...
08/13/2026

धादिङ नेपाली समाज अमेरिका द्वारा आयोजित Summer BBQ & Picnic 2026 को समाचारलाई विशेष स्थान दिई प्रकाशित गरिदिनुभएकोमा धादिङ पोस्ट परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏❤️

📅 आइतबार, अगस्ट १६, २०२६
⏰ बिहान ११:०० बजेदेखि साँझ ५:०० बजेसम्म
📍 Flushing Meadows Corona Park – North Meadow Lake, Queens, NY

🍖 स्वादिष्ट BBQ तथा नेपाली परिकार
🎶 सांस्कृतिक तथा सांगीतिक कार्यक्रम
🎯 बालबालिका तथा वयस्कहरूका लागि रमाइला खेलहरू
🎁 आकर्षक पुरस्कारहरू
🎟️ Grand Raffle 2026

न्यूयोर्क तथा आसपासमा रहनुहुने सम्पूर्ण धादिङेली दाजुभाइ-दिदीबहिनीहरू, नेपाली समुदाय, परिवारजन, इष्टमित्र तथा आदरणीय अतिथिहरूलाई सपरिवार उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ। 🙏

आउनुहोस्—भेटौँ, रमाऔँ र आपसी आत्मीयता तथा एकतालाई अझ बलियो बनाऔँ। ❤️🇳🇵🇺🇸

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fdhadingpost.com%2F2026%2F08%2F13%2F88883%2F%3Ffbclid%3DIwcGRvZgRleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZA80Mzc2MjYzMTY5NzM3ODgAAR6jkdHlVLUlz_4E49rn93cF8_BMYxEoGeM2F0XrLxPXf9Th7S48VeYVRi6Shg_aem_EN_zwv0fk1g3jShR7M_4uQ&h=AUBzBDnVBGre832fRIVmuVroDmajOU5l1sZpg4nuwyyGuk0AA2IGB9EY4pkVZumSEwYE65A_DouAWkB3KocxzMpvuCsUU83eHXzAojtVE3SbMKtQ2wOHKVZo0gzk2BF8DZczzVBAomwvL24&s=1

धादिङ नेपाली समाज अमेरिका इन्कले अगस्ट १६ मा न्यूयोर्कमा Summer BBQ & Picnic 2026 आयोजना गर्दैछ। पिकनिकमा ४ सयभन्दा बढी सहभागी ....

🙏 सम्पूर्ण धादिङेली दाजुभाइ तथा दिदीबहिनीहरू, साथै अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, परिवारजन, इष्टमित्र तथ...
08/06/2026

🙏 सम्पूर्ण धादिङेली दाजुभाइ तथा दिदीबहिनीहरू, साथै अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, परिवारजन, इष्टमित्र तथा साथीभाइहरूमा हार्दिक निमन्त्रणा! 🇳🇵🇺🇸

धादिङ नेपाली समाज अमेरिका (Dhading Nepali Society America Inc.) द्वारा आयोजित Summer BBQ & Picnic 2026 मा आफ्नो परिवार, आफन्त तथा साथीभाइसँग सहभागी भई नेपालीपन, आत्मीयता, मित्रता र एकताको अविस्मरणीय क्षण सँगै मनाऔँ।

✨ कार्यक्रमका मुख्य आकर्षणहरू

🎁 Grand Raffle 2026
🥇 $700 बराबरको Gold Mangalsutra
🥈 $500 बराबरको Apple Watch
🥉 Apple AirPods Pro (Latest Generation)

🍖 स्वादिष्ट BBQ तथा नेपाली परिकार
🎭 आकर्षक सांस्कृतिक कार्यक्रम
🎵 संगीत तथा मनोरञ्जन
🎲 खेलकुद तथा रमाइला खेलहरू
👧👦 बालबालिकाका लागि विशेष खेल तथा आकर्षक पुरस्कारहरू

🗓️ मिति: आइतबार, अगस्ट १६, २०२६
🕚 समय: बिहान ११:०० बजे – साँझ ५:०० बजे
📍 स्थान: Flushing Meadows Corona Park (North Meadow Lake), Queens, New York

🎟️ Grand Raffle Tickets अहिले उपलब्ध छन्।
राफल टिकट खरिद गर्न तथा थप जानकारीका लागि धादिङ नेपाली समाज अमेरिकाका कार्यसमिति सदस्यहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ।

आउनुहोस्, परिवार र साथीभाइसँग रमाइलो वातावरणमा एक दिन बिताउँदै नेपाली समुदायबीचको आत्मीयता र एकतालाई अझ बलियो बनाऔँ। तपाईंहरूको उपस्थितिले नै कार्यक्रमलाई अझ भव्य, सफल र स्मरणीय बनाउनेछ।

हार्दिक स्वागत छ! ❤️🙏

धादिङ नेपाली समाज अमेरिका (Dhading Nepali Society America Inc.)
हरि गिरी
महासचिव

07/16/2026

🎉 Welcome New Members 🎉
Dhading Nepali Society America Inc. warmly welcomes our new members. We are delighted to have you as part of our growing family!

New Members:

1. Deepak Bhatta
2. Tamang Pur Na
3. Krishna Salmi
4. Puspa Sharma (पुष्पा शर्मा)
5. Sujan Shrestha
6. Raj Kumar Shrestha
7. Bashu Prasad Dahal
8. Hotel Welcomeinn
9. Dhading Muser
10. Mundray Sujan Shrestha
11. Mayra Sanchez
12. Anup Sherestha
13. Roshan Bhandari (रोशन भण्डारी)
14. Papana Jung Kshetri (पपना जङ्गु क्षेत्री)
15. Uttam Dutta Amrita (उत्तम डट अमृता)
16. Rupesh Adhikari (रुपेश अधिकारी)
17. Hari Shrestha
18. Krishn Stha
19. Saiman Adhikari
20. Sugam Pradhan
21. Binood Rizzal
22. Bhaba Raj Pandey
23. Kalpana Bhandari
24. Ramesh Singh
25. HK Shrestha Newar
26. Gyan Kunwar
27. Santosh Kumar
28. Arjun Shrestha
29. Raja Ghimire
30. Niraj Pokharel
31. Saang Dorjee Sherpaa
32. Laxman Dallakoti
33. Krishna Bdr Dawadi
34. Papin Toko
35. Ramesh Bhattarai
36. Khem Bahadur Ale Magar
37. Rajesh Rijal
38. Sanjep Gautam
39. Madan Lama
40. John Panta
41. Hari Sharma
42. Raju Rijal
43. Anil Roka
44. Pabitra Rai
45. Asok Khadka
46. Piyush Jindal
47. Bishow Dauliya
48. Simran Adhikari
49. Kumari Lama
50. Shankar Rijal
51. Prince Katuwal
52. Dhurba Chhatkuli
53. Sanjay Ambika
54. Rupa Shrestha
55. Dirgha Lamichhane
56. Ganesh Rimal
57. Indira Shrestha
58. Prava Thapa
59. Asraful Ali
60. Arjun Giri
61. Ashish Poudyal
62. Elan Tamang
63. Khadananda Lohani
64. Januka Shrestha
65. Luxmee GC
66. Pabitra Lamsal Koirala

🕯️ हार्दिक अपिलश्रद्धाञ्जली कार्यक्रममा उपस्थितिको निम्ति हार्दिक अनुरोधधादिङ नेपाली समाज अमेरिकाको तर्फबाट लङ आइल्याण्ड...
07/09/2026

🕯️ हार्दिक अपिल

श्रद्धाञ्जली कार्यक्रममा उपस्थितिको निम्ति हार्दिक अनुरोध
धादिङ नेपाली समाज अमेरिकाको तर्फबाट लङ आइल्याण्ड निवासी, समाजसेवी तथा सहयोगी व्यक्तित्व आदरणीय हेम थापा र माया थापा ज्युको कान्छो सुपुत्रको U.S. Army सेवामा रहँदाका क्रममा भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।

यस दुःखद घडीमा शोकाकुल थापा परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै सम्पूर्ण नेपाली समुदायमा श्रद्धाञ्जली कार्यक्रममा उपस्थित भई दिवंगतप्रति सम्मान प्रकट गर्नुका साथै शोकाकुल परिवारलाई साथ, सान्त्वना तथा ऐक्यबद्धता व्यक्त गरिदिनुहुन हार्दिक अपिल गर्दछौं।

कार्यक्रम विवरण

🗓️ मिति: सोमबार, जुलाई १३, २०२६

🕘 समय: बिहान ९:०० देखि ११:०० बजेसम्म (श्रद्धाञ्जली)
त्यसपछि दाहसंस्कारका लागि प्रस्थान गरिनेछ।

📍 स्थान:
603 Wantagh Avenue
Wantagh, NY 11793

🙏 दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य, शक्ति र साहस प्राप्त होस् भन्ने हार्दिक प्रार्थना गर्दछौं।

हरि गिरी
महासचिव
धादिङ नेपाली समाज अमेरिका

धादिङ नेपाली समाज अमेरिकाका तर्फबाट अमेरिका तथा यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा July 4 – U....
07/04/2026

धादिङ नेपाली समाज अमेरिकाका तर्फबाट अमेरिका तथा यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा July 4 – U.S. Independence Day को हार्दिक शुभकामना।
स्वतन्त्रता, एकता, सम्मान र अवसरका मूल्यहरूलाई आत्मसात गर्दै, हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दछौं।
Happy Independence Day! 🇺🇸
🇳🇵🤝🇺🇸

Address

New York, NY

Alerts

Be the first to know and let us send you an email when Dhading Nepali Society America Inc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhading Nepali Society America Inc:

Shortcuts

Share