21/11/2025
The Open Hand Foundation को सहयोगमा आज हाम्रो श्री पृथ्वी रूपा माध्यमिक विद्यालयलाई ७ सेट कम्प्युटर प्रदान गरिएकोमा हामी हार्दिक आभार व्यक्त गर्दछौँ। शैक्षिक प्रविधिको पहुँच विस्तार र गुणस्तरीय शिक्षण–अधिगम प्रक्रियामा टेवा पुग्ने यो महत्वपूर्ण सहयोगका लागि संस्थाप्रति गहिरो कृतज्ञता प्रकट गर्दछौँ। यस सहयोगलाई विद्यालयसम्म सफलतापूर्वक ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका आदरणीय गुरु श्री नेपाल प्रकाश अधिकारी तथा यसै विद्यालयकी म्याडम अनिता पौडेल अधिकारी प्रति पनि हाम्रो तर्फबाट विशेष धन्यवाद, सम्मान र कदर व्यक्त गर्दछौँ। तपाईंहरूको निरन्तर सहयोग, सद्भाव र शैक्षिक उत्थानप्रतिको समर्पण वास्तवमै प्रशंसनीय छ।