13/04/2026
ल्याम्ब्डा फुड ल्याब प्रा. लि. को तर्फबाट सम्पूर्ण आदरणीय ग्राहकज्यू, उद्योगपति तथा खाद्य क्षेत्रमा संलग्न महानुभावहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
यहाँहरूको अमूल्य विश्वास, निरन्तर सहयोग तथा सहकार्यले हामीलाई उच्चस्तरीय तथा विश्वसनीय सेवा प्रदान गर्न सदैव प्रेरित गरेको छ। यसका लागि हामी हार्दिक आभारी छौं।
खाद्य सुरक्षा, स्वच्छता तथा गुणस्तर सुनिश्चितता हाम्रो प्रमुख प्रतिबद्धता हो। स्वस्थ समाज निर्माणका लागि सुरक्षित, स्वच्छ तथा मापदण्ड अनुरूपका खाद्य पदार्थको प्रवर्द्धनमा हामी निरन्तर क्रियाशील रहनेछौं। साथै, खाद्य परीक्षण, गुणस्तर नियन्त्रण तथा सचेतनामूलक सेवामार्फत खाद्य क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने हाम्रो लक्ष्य रहेको छ।
आगामी दिनहरूमा अझ आधुनिक प्रविधि, दक्ष जनशक्ति तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका सेवाहरू विस्तार गर्दै यहाँहरूको अपेक्षा अनुरूप उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
यहाँहरूको जीवनमा सुख, समृद्धि, सफलता तथा सुस्वास्थ्यको कामना गर्दछौं।