Khopasi-Youth Club

Khopasi-Youth Club Khopasi youth club for good social works. Khopasi: The Unity Of Brothers

मिति २०८२ माघ १ गते राष्ट्रिय विभुती हरित तारा भृकुटीको १४०२ ओ जन्म जयन्तीको उपलक्ष्यमा नेपालको एक मात्र दक्षिण फर्किएको...
12/01/2026

मिति २०८२ माघ १ गते राष्ट्रिय विभुती हरित तारा भृकुटीको १४०२ ओ जन्म जयन्तीको उपलक्ष्यमा नेपालको एक मात्र दक्षिण फर्किएको शिवलिंग अवस्थित दाङ्घाटेश्वर महादेवमा जम्मा भै गोदा रंगनाथ, पाथीभरा माता, द्रौपदा मन्दिर हुँदै भृकुटीको जन्म स्थल नरसिंह मठ सम्मको पदयात्रामा सहभागी हुनको लागि विभिन्न संघ संस्था,क्लब, समूह,धार्मिक संस्था, भजन मण्डल, दलिय संयन्त्र, सुरक्षा कर्मि, टोल सुधार समिति,पत्रकार, शिक्षक तथा विद्यार्थी हरुमा हार्दिक अनुरोध गर्दछु।
स्थान : दाङ्घाटेस्वर मन्दिर, दाङ्घाट।
समय : दिनको १२ बजे
खोपासी युवा क्लब ।

मौरीको घारमा मृत्युदण्डको नियम हुन्छ, थाहा छ?मौरीहरू पनि कहिलेकाहीँ मान्छेझैँ रक्सी खाएर लठ्ठिन्छन्। फूलको रस (nectar) व...
21/04/2025

मौरीको घारमा मृत्युदण्डको नियम हुन्छ, थाहा छ?

मौरीहरू पनि कहिलेकाहीँ मान्छेझैँ रक्सी खाएर लठ्ठिन्छन्। फूलको रस (nectar) वा पाकेका फलहरू कहिलेकाहीँ प्राकृतिक रूपमा फर्मेन्ट भएर त्यसमा एथानोल (alcohol) बन्न सक्छ। यदि मौरीहरूले यस्ता रस पिए भने, त्यसले उनीहरूलाई रक्सीको जस्तै असर गर्छ।

रक्सीको प्रभावमा परेका मौरीहरू ठिकसँग उड्न सक्दैनन्, बारम्बार वरिपरि ठोक्किन्छन्, र सन्तुलन गुमाउँछन्। यस्तो अवस्थामा उनीहरूको दिशा पत्ता लगाउने क्षमता (navigation) कमजोर हुन्छ, जसका कारण उनीहरू घारसम्म फर्कन पनि सक्दैनन्।

तर मौरीको घारमा नियम कडा हुन्छ।

लठ्ठिएका मौरीहरूलाई घारको सुरक्षामा रहेका गार्ड मौरीहरूले घारभित्र पस्न नदिई फर्काइदिन्छन्। पटक–पटक लठ्ठिएर फर्किने मौरीहरूलाई उनीहरूले सजाय दिन सक्छन्, घारबाट निष्कासित गर्न सक्छन्, र कहिलेकाहीँ मृत्युदण्ड समेत दिन सक्छन्। सुरक्षामा रहेका गार्ड मौरीहरूले यस्ता अनुशासन नमान्ने मौरीको खुट्टा, टाउको छुट्टाएर घारकै ढोकामै मार्ने गर्छन्।

अनुशासन सबैका लागि अनिवार्य!
छैन र अचम्म?

भोलि मिति २०८१-१२-२८ ठिक  ११:३०बजे पनौती रंगशालामा हुने मेयर कपमा वडा १० र ७ बीचको सेमिफाइनल खेलमा खेलाडीहरुलाई हौसला प्...
09/04/2025

भोलि मिति २०८१-१२-२८ ठिक ११:३०बजे पनौती रंगशालामा हुने मेयर कपमा वडा १० र ७ बीचको सेमिफाइनल खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्नेको लागी सम्पर्ण खेल प्रेमीहरु लाई उपस्थितीको लागी हार्दिक अनुरोध गर्दै छौँ ।🙏🙏🙏

चैत्र २१ गतेबाट हुन गहिरहेको मेयर कपको तयारी मा रहेको वार्ड नं-१० को फुटबल टिमको  लागि अष्ट्रेलियाबाट समाजसेबि आफ्नो गाउ...
27/03/2025

चैत्र २१ गतेबाट हुन गहिरहेको मेयर कपको तयारी मा रहेको वार्ड नं-१० को फुटबल टिमको लागि अष्ट्रेलियाबाट समाजसेबि आफ्नो गाउँघरलाई अत्यन्तै माया गर्ने आदरणीय दाइ Manjil Bahadur Bhandari ज्युले अहिलेलाई १० हजार नगद सहयोग र हरेक गोल स्कोर गर्ने खेलाडीलाई २ हजार नगद दिने घोषण गर्नुभएको छ।दाइको यो सहयोग र हौसलाले खेलाडीहरुको मनोबल थप उच्च हुनेछ।
जय फुटबल ।

खोपासी युवा क्लबद्वारा खोपासीका फुटबल र भलिबल खेलाडीहरुलाई ४ थान फुटबल,३थान भलिबल र नेट वार्ड नं-१० का अध्यक्ष आदरणीय मो...
27/03/2025

खोपासी युवा क्लबद्वारा खोपासीका फुटबल र भलिबल खेलाडीहरुलाई ४ थान फुटबल,३थान भलिबल र नेट वार्ड नं-१० का अध्यक्ष आदरणीय मोहन बहादुर भण्डारी ज्युको उपस्थितिमा वितरण गरियो ।
जय खोपासी ।
जय खेलकुद।

हार्दिक निमन्त्रणा ।।।
02/02/2025

हार्दिक निमन्त्रणा ।।।

24/01/2025

Some good news:-
बेथानचोक र खानीखोला गाउपालिकाको जङ्गलमा लागेको आगो हेलिकोप्टरबाट २४ हजार लिटर पानी हालेपछि रमिते डाँडा र ज्वानेथुम्काको आगो निभेको छ।

पनौती नगरपालिका वडा नम्बर १० मा श्री पाथिभारा माताको मन्दिर निर्माणको कार्य पूरा भएको र यही आउँदो माघ २१ गते सोमबार बसन्...
24/01/2025

पनौती नगरपालिका वडा नम्बर १० मा श्री पाथिभारा माताको मन्दिर निर्माणको कार्य पूरा भएको र यही आउँदो माघ २१ गते सोमबार बसन्त पञ्चमीको र सरस्वती पूजाको दिन पाथिभारा माताको स्थापना जुरेको हुनाले रुद्री पूजा हवन का साथ श्रीपाथिभारा मातालाई पनौती नगरपालिका वडा नम्बर १० खोपासीमा स्थापना गर्दैछौं। त्यसैकारण सम्पूर्ण भक्तजनहरुलाई यही आउँदो २१ गते सोमबार पूजामा उपस्थित भई श्री पाथिभारा माताको दर्शन पूजा का साथै प्रसाद ग्रहण गरिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं। रुद्री तथा पूजा सुरुवात बिहान ८ बजे देखि हुनेछ र पूजा पश्चात् प्रसाद ग्रहणको कार्यक्रम पनि रहेको छ। हार्दिक निमन्त्रणा हार्दिक निमन्त्रणा।
यही आउँदो माघ २१ गते।
स्थान- श्रीराम माध्यमिक विद्यालय प्राङ्गणको गेटै नजिक रहेको भीमसेनथान मन्दिरको अगाडि ।

लामो समय देखि बन्न नसकेको पनौती-खोपासी सडक खण्ड आजबाट ढलान कार्य सुरु भएको छ र साथै बाकी रहेको भागको लागी आज १० करोडको ट...
24/01/2025

लामो समय देखि बन्न नसकेको पनौती-खोपासी सडक खण्ड आजबाट ढलान कार्य सुरु भएको छ र साथै बाकी रहेको भागको लागी आज १० करोडको टेन्डर आवन भएको छ।यो बाटो बनाउनेको लागी लाग्नु हुने सम्पुर्णलाई धन्यवाद ।

धेरै खुशीको खबर ।पनौती खोपासी सडक स्तरोन्नतीको लागि बागमती प्रदेश अर्थमन्त्रालयबाट आज १० करोड बजेटको स्रोत सुनिश्चितता भ...
08/01/2025

धेरै खुशीको खबर ।
पनौती खोपासी सडक स्तरोन्नतीको लागि बागमती प्रदेश अर्थमन्त्रालयबाट आज १० करोड बजेटको स्रोत सुनिश्चितता भएको छ।
२०८१ पौष २४

Address

Panauti Village
45216

Telephone

+9779843249809

Website

Alerts

Be the first to know and let us send you an email when Khopasi-Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category