चिलाङ्दी गाउँको संक्षिप्त परिचय :- [Description as of 2071 Bhadra]
पाल्पा जिल्ला तानसेन नगरपालिका बाट पूर्वतिर संगै जोडिएको चिर्तुङधारा गाउँ बिकाश समितिको ८ नम्बर वडालाई नै चिलाङ्दी भनेर चिनिन्छ । यो नाम कसरि रहन गयो भन्ने बारेमा ठेट कुरा थाहा नभएपनि बुढापाकाहरुको विभिन्न टिका टिप्पणी सुन्न पाइन्छ । जस मध्य एउटा अलि भरपर्दो टिप्पणी यस्तो छ ...यो गाउँमा शुद्द मगर भाषा बोलिदैन जुनसुकै कुरामा होश खस
भाषा मिस्सिएकै हुन्छ। चिलाङ्दी गाउँको केन्द्र बिन्दु पुर्खाहरुले पानीको कुवालाइ मान्दैआइरहनु भएको छ ..यो पानीको कुवा माथि माथि धेरै चिलाउनेको रुख थियो रे त्यहि चिलाउनेको रुखहरु नजिक पानी भएकोले खस भाषामा चिलाउनेलाई 'चिलाउने' (ङ ) भनेको मगर भाषामा 'मा' र ( दी ) भनेको मगर भाषामा 'पानी' भन्ने बुझिन्छ यसरि चिलाउने+ङ+दी= यसको अर्थ चिलाउनेमा पानी भन्ने बुझिन्छ यहि शब्दहरु पछि गएर चलन चल्तीको भाषामा चिलाङ्दी नाम रहन गएको थियो..
९३ को हाराहारीमा घर धुरीहरू रहेको यो गाउँमा विशेषगरी मगर बस्तीको बाहुल्यता रहेको छ ८ परिवार बाहुन, १ परिवार दमाई र ३ परिवार क्षेत्री बाहेक अरु सबै मगरहरुको बस्ति रहेको छ।
यो गाउँमा हरेक नयाँ बर्षमा सांस्कृतिक कार्यक्रम हुन्छ जसमा नेपाली भेषभुषा र मगरहरुको भेषभुषालाई बिशेष प्राथमिकतामा राखेर कार्यक्रम गरिन्छ लोप हुन लागेको जातीय संस्कृति देखि लिएर अहिलेका तडक भडक पश्चिमी देशहरुको गित र संगीतहरुमा उत्तिकै ध्यान दिएर टाढा टाढा बाट आएका दर्शकहरुलाई मनोरंजन दिइन्छ..
यहाँ सबै किसिमको चाडपर्ब हरु मनाइन्छ विशेषगरी दशैं , तिहार , माघे सक्रान्ति , पंचमी चैत्र दशैंलाई ठुलो पर्वको रुपमा मानिदै आएको छ।
चिलाङ्दी गाउँलाई ४ वटा टोलहरुमा विभाजित गरिएको छ जसअनुसार :-
१, जिम्माल टोल (उहिले उहिले जिम्मालहरु बस्ने भएकोले)
२, कटहर टोल (रुख कटहर प्रसस्त फल्ने भएकोले)
३, माझ टोल (गाउँको बिचमा पर्ने भएकोले)
४, डाँडा टोल (गाउँको सबैभन्दा माथिल्लो भागमा पर्ने भएकोले)
तर विभाजित गरिएको टोल भित्रै पनि ठाउँ र परिवार बिशेष अनुसार अरु नामले पनि चिनिन्छ जस्तै जिम्माल टोलमा भट्टराई बारी , देउराली यसैगरी माझ टोलमा काफलटुङ र डाँडा टोलमा चिलाङ्दी भन्ज्याङ।
हरेक टोलहरुको संक्षिप्त जानकारी :-
१, जिम्माल टोल :- यो टोलमा २३ घर धुरीहरू रहेकोछ र जनसख्या लगभग १२३ को हाराहारीमा रहेकोछ। यहाँ १ पाउरोटी फ्याक्ट्री, १ फर्निचर, १ कुखुरा फार्म र १ किराना पसल पनि संचालनमा छ।
२, कटहर टोल :- यो टोलमा १९ घर धुरीहरू रहेकोछ र जनसख्या लगभग १११ को हाराहारीमा रहेकोछ। १ किराना पसल पनि संचालनमा छ।
३,माझ टोल :- यो टोलमा २० घर धुरीहरू रहेकोछ र जनसख्या लगभग १३५ को हाराहारीमा रहेकोछ। १ कुखुरा फार्म पनि संचालनमा छ।
४,डाँडा टोल :- यो टोलमा ३२ घर धुरीहरू रहेकोछ र जनसख्या लगभग १४५ को हाराहारीमा रहेकोछ। १ कुखुरा फार्म, १ धान कुट्ने मिल र ७ वटा किराना पसलतथा साना होटल ब्यवसायहरू सन्चालनमा छन् । यहाँ दुइवटा मन्दिरहरु छन जसमा एउटा कोट घर भनेर बुझिन्छ अर्को भैरबस्थान को थापना, अस्थाई भारतीय पेन्सन क्याम्प (District Soldiers Board, Palpa) फुटबल ग्राउन्ड पनि छ। साथै, गाउँलेहरूले शुरुदेखि नै प्रयोग गर्दै आएको पुरानो कुवा पनि अवस्थित छ जो हालमा आएर लगभग संकटको स्थितिमा छ भन्दा फरक पर्दैन।
GOVIND THAPA