प्रज्ञा स्मृति प्रतिष्ठान

प्रज्ञा स्मृति प्रतिष्ठान प्रज्ञा स्मृति प्रतिष्ठान संविधान मुताविक काठमाण्डौमा दर्ता भएको सामाजिक संस्था हो |

प्रज्ञा स्मृति प्रतिष्ठान नेपालको संविधान मुताविक काठमाडौंमा दर्ता भएको एक सामाजिक संस्था हो । यसको नाम प्रकाश दाहाल तथा ज्ञानु दाहालको नामबाट छोटकरीमा प्रज्ञा स्मृति प्रतिष्ठान रहेको छ । जसलाई अंग्रेजीमा Pragya Smirti Pratisthan भनिएको छ ।
यो प्रतिष्ठान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली जनवादी क्रान्तिका नायक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पत्नी सीता दाहाल

का दिवंगत दुई सन्तान प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा निर्माण भएको सामाजिक संस्था हो । वि. सं. २०३० साल कार्तिक ११ गते चितवनमा जन्मेकी जेष्ठ सुपुत्री ज्ञानु दाहालको क्यान्सरका कारण २०७० सालमा र २०३८ साल असार १७ गते जन्मेका एकमात्र सुपुत्र प्रकाश दाहालको २०७४ साल मंसिर ३ गते अल्पायुमै भएको असामयीक निधनले नेपाली क्रान्तिकारी युवा पंक्तिमा ठूलो क्षति पुग्न गयो । समाज रुपान्तरणमा प्रकाश र ज्ञानुले खेल्नुभएको अतुलनीय भूमिकालाई स्थापित गर्दै उहाँहरुको स्मृतिमा सामाजिक सेवा र परिवर्तनकारी जनसमुदायको पक्षमा काम गर्ने गरी यस प्रतिष्ठानको स्थापना गरिएको हो ।
यस प्रतिष्ठानको उद्देश्य समाजको सर्वाङ्गीण विकासको लागी समाजमा सेवा मुलक विभिन्न क्रियाकलाप गर्दै कमजोर वर्ग, असहाय व्यक्ति, पिछडिएको समुदायलाई सक्षम बनाउन र तिनिहरुको प्रतिष्ठा बढाउन आवश्यक कार्य गर्ने, युवाहरुलाई देश समाज प्रति उत्तरदायी बनाउन उनीहरुको शारीरिक, मानसीक क्षमता अभिवृद्धि गर्न वैचारिक साँस्कृतिक लगायतका कार्यक्रम संचालन गर्ने र युवाहरुलाई खेलकुदमा सरिक गराउन खेलकुद सम्बन्धी विभिन्न कार्यक्रम गर्ने, महिला, दलित, अल्पसंख्यक, पिछडिएका वर्ग एंव आर्थिक रुपले कमजोर भएका वर्ग समुदायका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्यसहित नागरिकको आधारभुत आवश्यकताको निम्ति सक्षम बनाउन आवश्यक कार्य गर्ने, विषयगत तथा विधागत पुरस्कार कोषको स्थापना गरी पुरस्कार तथा सम्मानसँग सम्बन्धित कार्यहरु गर्ने गराउने, क्यान्सर मुटु रोगी, मृगौला रोगी लगायतका आर्थिक विपन्न वर्गहरुको लागी उपचारमा आर्थिक सहयोग गर्ने गराउने र सहिद परिवार तथा द्वन्दपीडितको लागी आर्थिक तथा अन्य सेवा सुविधा उपलब्ध गर्ने गराउने लगायतका रहेको छ।
यस प्रतिष्ठानको कार्यालय रुद्रमति मार्ग, काठमाडौंमा रहेको छ । यस प्रतिष्ठानले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का संविधानसभा, व्यवस्थापिका संसदमा व्यक्त विचार, प्रधानमन्त्रीत्व कालमा व्यक्त विचार तथा अन्तर्वार्ताहरुको संगालो समेटिएका तीनवटा पुस्तकहरु प्रकाशित गरिसकेको छ । त्यसैगरी संस्थाको उद्धेश्य अनुरुप सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै जाने योजना बनाएको छ ।

ज्ञानु दाहाल संक्षिप्त जीवनी:
---------------------------
ज्ञानु दाहालको चितवन जिल्लाको शिवनगर गा वि स अन्तर्गत भीमसेन नगरमा २०३० साल कार्तिक ११ गते गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पिता तथा माता सीता दाहालको कोखबाट जेष्ठ सुपुत्रीको रुपमा जन्म भएको थियो । उहाँले आफ्नो बाल्यकाल देखी नै आफ्नो पितालाई भूमिगतदेखि जनयुद्धको समयमा हरेक काममा सहयोग पुर्याउँदै आउनुको साथै संघर्षमय जीवन बिताउनुभयो ।
नेपाली राष्ट्रिय राजनीति तथा युवा वर्गको प्रेरणाका श्रोत रहनुभएकी ज्ञानु दाहाल २०६० सालदेखि क्यान्सरबाट पीडित हुँदाहुँदै पनि उहाँले युवाहरूलाई शारीरिक व्यायाम, खेलकुदको माध्यमबाट उर्जाशील हुन मार्गनिर्देशन दिँदै आउनुभएको थियो । उहाँ २१ औ शताब्दीमा आधुनिक, वैज्ञानिक किसिमको साधनश्रोतबाट प्रशिक्षित गर्न गराउन र खेलप्रेमी युवा पुरुष तथा महिलाहरूलाई स्वस्थ जीवन जिउन खेलबाट नै सकिन्छ भन्ने विचार राख्नुहुन्थ्यो ।
उहाँले समाजका हरेक विभेद र असमानताको विरुद्धमा सघर्ष गर्ने तथा समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका निभाउनुभएको थियो । युवाहरूको प्रेरणाको श्रोत एक क्रान्तिकारी महिला उहाँ क्यान्सरबाट पीडित भइ २०७० सालमा भैतिक रुपमा हामीहरुबाट बिदा हुनुभयो । उहाँका अधुरा सपना र उदेश्यहरु पुरा गर्न तथा उहाँलाइ सम्मान गर्दै अगाडि बढ्नु हाम्रो कर्तव्य हुनेछ ।

प्रकाश दाहाल संक्षिप्त जीवनी
----------------------------------
प्रकाश दाहालको जन्म पिता पुष्पकमल दाहाल (प्रचण्ड) तथा माता सीता दाहालको कोखबाट बि.सं. २०३८ साल असार १७ गते चितवन जिल्लामा भएको थियो ।
प्रकाश दाहाल एक होनहार, साहसिक, कर्मठ युवा व्यक्तित्व जसले आधुनिक युगलाई बुझेका साथै समय अनुसार समाजका हरेक चुनौतिहरुलाई सामना गर्दै छोटो समयमा पनि युवाहरुको ढुकढुकीमा बस्न सफल हुनुभएको थियो ।
उहाँले विश्व समुदायमा नेपाललाई युगान्तकारी ऐतिहासिक जनयुद्धमार्फत जनताको हातमा सार्वभौमसत्तासहितको संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन महत्वपूर्ण योगदान दिनुभएको थियो । प्रकाश दाहाल युवाहरुको भविष्य अनि खेलप्रति धेरै नै चिन्तन मनन गर्नुहुने व्यक्ति हुनुहुन्थ्यो । खेलमा रुची राख्ने, खेलाडीहरुको मनोवल बढाउने, खेल जगतबाट नेपाललाइ विश्व समुदायमा कसरी स्थापित गर्ने भन्ने कुरामा विभिन्न खेल विज्ञमाझ सर–सल्लाह सुझावको लागि निरन्तर लागिरहनु हुन्थ्यो । उहाँले वि.स. २०६८ सालको श्रावण महिनामा नागार्जुन डाँडामा रक क्लाईम्बिङ जस्तो साहसिक खेलको तालिम लिई २०६९ साल जेष्ठ महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथाको साहसिक आरोहण टिम सहित सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो ।
खेल तथा खेलकुद विकासका लागि निरन्तर रुची राख्दा राख्दै राष्ट्रको एक होनहार युवाको २०७४ साल मंसिर ३ गतेका दिन अल्पायु उमेरमै भएको अकल्पनीय निधनले सम्पूर्ण युवा तथा खेलकुद क्षेत्रलाई ठुलो क्षति भएको छ ।
नेपालमा युवा तथा खेलकुद विकासप्रतिको सोच पुरा गर्नका लागि युवाहरुले हरेक खेलहरुको प्रतिस्पर्धा मार्फत उहाँलाई सम्झने कार्य गर्नु आजको आवश्यकता रहेको छ ।
तसर्थ यहि आउँदो २०७८ चैत्रमा लक्षित गरि भरतपुर महानगरपालिकामा प्रथम सडक साइकल प्रतियोगिता आयोजना गर्न लागिएको हो । उक्त प्रतियोगितामा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकल खेलाडीको व्यापक सहभागिता रहनेछ ।

हार्दिक बधाई!
14/06/2025

हार्दिक बधाई!

Congratulations Greee Maharjan And Urmila Shrestha for winning overall title of the First Pragya Memorial Bodybuilding C...
08/06/2025

Congratulations Greee Maharjan And Urmila Shrestha for winning overall title of the First Pragya Memorial Bodybuilding Championship 2082.

नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जन र डिभाइन फिजिकल फिटनेसकी उर्मिला श्रेष्ठले प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारी...
07/06/2025

नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जन र डिभाइन फिजिकल फिटनेसकी उर्मिला श्रेष्ठले प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिबार भएको प्रतियोगिताको पुरुष ओभरअलमा ग्रेस च्याम्पियन बन्दा महिला बडीबिल्डिङको उपाधि उर्मिलाले जितेकी हुन्।
प्रतियोगिताको विजेता खेलाडीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, आयोजक प्रतिष्ठानकी निर्देशक गंगा दाहाल लगायतले पुरस्कृत गरेका थिए।

नेपालको Bodybuilding क्षेत्रको अन्तर्राष्ट्रिय खेलाडी Deba Raj Parajuli , जसले यो क्षेत्रको प्रचार प्रसार अनि यस खेलसंग ...
06/06/2025

नेपालको Bodybuilding क्षेत्रको अन्तर्राष्ट्रिय खेलाडी Deba Raj Parajuli , जसले यो क्षेत्रको प्रचार प्रसार अनि यस खेलसंग सम्बन्धित विभिन्न व्यक्तित्वहरु माझ फिटनेस अनि Bodybuilding सम्बन्धि शिक्षा तथा संदेश मुलक कार्यक्रम संचालन गर्दै आईरहनु भएकोमा हार्दिक धन्यवाद तथा शुभकामना:
भोलि २०८२ जेष्ठ२४ गते, शनिवार, नेपाल पुलिस क्लबमा आयोजना हुन गईरहेको प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला खुल्ला शारिरीक सुगठन प्रतियोगिताका सहभागी खेलाडीहरुको वजन लिने कार्यक्रमका केहि झलकहरु:

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिताकाे पहिलाे दिन आ...
06/06/2025

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिताकाे पहिलाे दिन आज राष्ट्रिय खेलकुद परिषद्काे सेमि कभर्डहलमा पुरुष खेलाडीहरुकाे नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ तथा काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघका प्राबिधिक समुहले ताैल मापन गर्नु भएकाे छ। जेष्ठ २४ गते दिनकाे १ बजे नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा संचालन हुने प्रतियोगिताकाे प्रमुख अतिथि पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी का अध्यक्ष पुष्प कमल दहाल प्रचण्ड ज्यु बाट समुद्घाटन हुनेछ।सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा खेलप्रेमी महानुभावहरुलाई कार्यक्रममा उपस्थित भई प्रतियोगिताकाे शाेभा बढाई दिनुहुन बिनम्र अनुराेध गर्दछौं ।

सम्पूर्ण खेलाडीहरुलाई भोलिको प्रतियोगिताको लागि हार्दिक शुभकामना!
06/06/2025

सम्पूर्ण खेलाडीहरुलाई भोलिको प्रतियोगिताको लागि हार्दिक शुभकामना!

मुख्य प्रतियोगिता भोलि !
अनि आज खेलाडीहरुको दशरथ रङ्गशालामा वजन लिने दिने

मुख्य प्रतियोगिता भोलि !अनि आज खेलाडीहरुको दशरथ रङ्गशालामा वजन लिने दिने
06/06/2025

मुख्य प्रतियोगिता भोलि !
अनि आज खेलाडीहरुको दशरथ रङ्गशालामा वजन लिने दिने

सुचना सुचना सुचना अब २ दिन मात्र बाँकी!भोलि प्रतियोगीहरुको शारिरीक वजन लिने दिन !सम्पुर्ण सहभागि खेलाडीहरुलाई हार्दिक अन...
05/06/2025

सुचना सुचना सुचना

अब २ दिन मात्र बाँकी!
भोलि प्रतियोगीहरुको शारिरीक वजन लिने दिन !

सम्पुर्ण सहभागि खेलाडीहरुलाई हार्दिक अनुरोध 🙏🙏
तौलको लागि कृपया सम्पुर्ण सहभागि खेलाडीहरु समयमा उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
🙏🙏🙏🙏
तौल लिने कार्यक्रम निम्नानुसार हुने जानकारी गराउंदछौं I
मिति - २०८२ जेठ २३ गते शुक्रवार
समय - बिहान ८:३० बजे
स्थान - दशरथ रंगसाला, त्रिपुरेश्वर
प्रतियोगितामा पुरुष शारीरिक सुगठन तर्फ ६० / ६५ / ७० / ७५ र ७५ केजि भन्दा माथी गरेर जम्मा ५ वजन समुह रहने छ भने महिलाहरुको प्रतियोगिता खुल्ला रहने छ ।
प्रतियोगिता सम्बन्धी कुनै जिज्ञासा भएमा कृपया सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
सुरेश सुबेदी
९८५१०२२९००
बिजयतम रत्न बज्राचार्य
९८४१२७८७४१

अब ४ दिन बाँकी है!सुचना सुचना सुचना फारम जेठ २० गते भित्र Whatsapp मार्फत वा तोकिएको जिम क्लबहरुमा उपलब्ध गराइ सक्नु पर्...
03/06/2025

अब ४ दिन बाँकी है!
सुचना सुचना सुचना
फारम जेठ २० गते भित्र Whatsapp मार्फत वा तोकिएको जिम क्लबहरुमा उपलब्ध गराइ सक्नु पर्नेछ । प्रतियोगिता सम्बन्धी कुनै जिज्ञासा भएमा कृपया सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
सुरेश सुबेदी
९८५१०२२९००
बिजयतम रत्न बज्राचार्य
९८४१२७८७४१
काठमाण्डौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ परिवार

Address

Bharatpur, Chitwan
Narayangarh

Alerts

Be the first to know and let us send you an email when प्रज्ञा स्मृति प्रतिष्ठान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category