16/03/2026
लामो समयदेखि मिस्टर नेपालसँग आबद्ध रहँदै नेपालमा फिटनेस र बडी बिल्डिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिनुभएकी नेपालकै प्रतिष्ठित बडी बिल्डिङ आइकन रजनी श्रेष्ठ म्यामलाई राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभाको समानुपातिक प्रणालीमार्फत सांसद पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
तपाईंको यो महत्वपूर्ण जिम्मेवारीले राष्ट्र र समाजको विकासमा सकारात्मक परिवर्तन ल्याओस्। तपाईंको अनुभव, नेतृत्व र समर्पणले नयाँ नेपाल निर्माणको यात्रामा उल्लेखनीय योगदान पुर्याउनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ। आगामी कार्यकाल सफल, उपलब्धिमूलक तथा प्रेरणादायी रहोस् भन्ने कामना गर्दछौं।
nepal