Nepal International Children's Film Festival - NICFF

Nepal International Children's Film Festival - NICFF Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal International Children's Film Festival - NICFF, Festival, Sundhara, Kathmandu.

Alliance For Children Film Nepal (ACF Nepal), established on 2013 with the aim to promote ‘Films for Children’, announces the 1st Nepal International Children Film Festival.

बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि सुन्न, देख्न, महसुस गर्न र कल्पना गर्न सक्छन् ।
30/05/2025

बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि सुन्न, देख्न, महसुस गर्न र कल्पना गर्न सक्छन् ।

यही बुधबार दिउँसो ३ बजे, कार्यक्रम सबैका लागि खुला छ🙏
13/05/2024

यही बुधबार दिउँसो ३ बजे, कार्यक्रम सबैका लागि खुला छ🙏

19/04/2024

RajdhaniDaily.com | काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजनाको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय बालद....

अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल-लाकार प्रसन राईले महोत्सवको प्रतीक चिह्न सार्वजनिक गर्दै महोत्सव घोषणा गर...
18/04/2024

अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल-लाकार प्रसन राईले महोत्सवको प्रतीक चिह्न सार्वजनिक गर्दै महोत्सव घोषणा गरेका हुन् । ८ वर्षीय कलाकार प्रसन राई नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो'का कलाकार हुन्

'बालबालिकाका लागि चलचित्र' अभियानका साथ स्थापना भएको 'एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसीएफ नेपाल)ले 'नेपाल अन्त...

18/04/2024

काठमाडौँ- एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल)ले पहिलो पटक ‘नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव....

18/04/2024

Nepal International Children’s Film Festival is set to take place from November 20 to 29 in Kathmandu, under the theme ‘Parents and Grandparents Together.’ Actors Dayahang Rai and Pashupati Rai along wi

17/04/2024

आगामी मंसिर ५ देखि १४ गतेसम्म काठमाडौँमा ‘नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव’ हुने भएको छ। विश्व कला दिव...

Alliance For Children Film Nepal (ACF Nepal), established in 2013 with the aim to promote ‘Films for Children’, announce...
16/04/2024

Alliance For Children Film Nepal (ACF Nepal), established in 2013 with the aim to promote ‘Films for Children’, announces the 1st Nepal International Children Film Festival.

Alliance for Children Film - ACF Nepal

KATHMANDU: Alliance For Children Film Nepal (ACF Nepal), established in 2013 with the aim to promote ‘Films for Children’, announces the 1st Nepal International Children Film Festival. On the occasion of International Children’s Day, Nov 20th, the festival will be held in Kathmandu from Nov 20...

16/04/2024

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव आगामी मंसिर ५ देखि १४ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको ....

15/04/2024

काठमाडौं । आगामी मंसिर ५ देखि १४ गतेसम्म काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको छ । कला .....

𝐀𝐍𝐍𝐎𝐔𝐍𝐂𝐄𝐌𝐄𝐍𝐓 𝐎𝐅 𝗡𝗘𝗣𝗔𝗟 𝗜𝗡𝗧𝗘𝗥𝗡𝗔𝗧𝗜𝗢𝗡𝗔𝗟 𝗖𝗛𝗜𝗟𝗗𝗥𝗘𝗡 𝗙𝗜𝗟𝗠 𝗙𝗘𝗦𝗧𝗜𝗩𝗔𝗟 𝟐𝟎 - 𝟐𝟗 𝐍𝐨𝐯𝐞𝐦𝐛𝐞𝐫 𝟐𝟎𝟐𝟒Namaste to all the Children, Parents, Me...
15/04/2024

𝐀𝐍𝐍𝐎𝐔𝐍𝐂𝐄𝐌𝐄𝐍𝐓 𝐎𝐅
𝗡𝗘𝗣𝗔𝗟 𝗜𝗡𝗧𝗘𝗥𝗡𝗔𝗧𝗜𝗢𝗡𝗔𝗟 𝗖𝗛𝗜𝗟𝗗𝗥𝗘𝗡 𝗙𝗜𝗟𝗠 𝗙𝗘𝗦𝗧𝗜𝗩𝗔𝗟
𝟐𝟎 - 𝟐𝟗 𝐍𝐨𝐯𝐞𝐦𝐛𝐞𝐫 𝟐𝟎𝟐𝟒

Namaste to all the Children, Parents, Media Persons and All the Art Lovers. Happy New Year and Happy World Arts Day.

Today, 15th April 2024 (3rd Baisakh 2081), on the occasion of the World Art Day, Alliance For Children Film Nepal (ACF Nepal), established on 2013 with the aim to promote ‘Films for Children’, announces the 1st Nepal International Children Film Festival.

A𝐍N𝐎U𝐍C𝐄M𝐄N𝐓
𝗡𝗘𝗣𝗔𝗟 𝗜𝗡𝗧𝗘𝗥𝗡𝗔𝗧𝗜𝗢𝗡𝗔𝗟 𝗖𝗛𝗜𝗟𝗗𝗥𝗘𝗡 𝗙𝗜𝗟𝗠 𝗙𝗘𝗦𝗧𝗜𝗩𝗔𝗟

‘TOGETHER WITH PARENTS’/ FESTIVAL LOGO RELEASE
With the motto, TOGETHER WITH PARENTS, Nepal International Children Film Festival has been announced after releasing the Festival Logo by the Actor Dayahang Rai, Pashupati Rai and Child Actor Prasan Rai. Child Actor Prasan Rai is one of the main actor of the upcoming movie ‘Gau Aaeko Baato (Road To A Village), by Nabin S***a.

𝐅E𝐒T𝐈V𝐀L D𝐀T𝐄
𝟮𝟬 – 𝟮𝟵 𝗡𝗼𝘃𝗲𝗺𝗯𝗲𝗿 𝟮𝟬𝟮𝟰
𝘊𝘦𝘭𝘦𝘣𝘳𝘢𝘵𝘪𝘯𝘨 𝘐𝘯𝘵𝘦𝘳𝘯𝘢𝘵𝘪𝘰𝘯𝘢𝘭 𝘊𝘩𝘪𝘭𝘥𝘳𝘦𝘯’𝘴 𝘋𝘢𝘺 𝘛𝘰𝘨𝘦𝘵𝘩𝘦𝘳 𝘰𝘯 𝘕𝘰𝘷𝘦𝘮𝘣𝘦𝘳 20

𝗙𝗘𝗦𝗧𝗜𝗩𝗔𝗟 𝗟𝗢𝗖𝗔𝗧𝗜𝗢𝗡
𝗞𝗮𝘁𝗵𝗺𝗮𝗻𝗱𝘂

1) 1ST Children Film Festival in Nepal with a 10-day program especially targeted to Children from age 3 to 18, and also targeted to the Teachers and the Parents.
2) National and International Children Film Screening
3) Young Filmmakers Film competition (Films made by makers under 18 years)
4) Discussion with the stakeholders on the Children’s film and its effect on the Children and the Society
5) Art and Book Exhibition
6) Children's engagement in the Film Discussion with the Filmmakers
7) Inclusion of Children as the Jury

𝗔𝗟𝗟𝗜𝗔𝗡𝗖𝗘 𝗳𝗼𝗿 𝗖𝗛𝗜𝗟𝗗𝗥𝗘𝗡’𝗦 𝗙𝗜𝗟𝗠 𝗡𝗘𝗣𝗔𝗟

I𝐍T𝐑O𝐃U𝐂T𝐈O𝐍
Established in 2069 BS (2013 AD), Alliance for Children’s Film Nepal (ACF Nepal) aims to develop an environment of film for children by involving them in the films OF THE CHILDREN, made FOR THE CHILDREN, and also engage them in the films BY THE CHILDREN, where they can be the future of Nepali Cinema. Also, they are also the future audience, therefore, it is very necessary to develop film literacy, especially for the Nepali audience. Therefore, the main goal of ACF Nepal is to develop the Film Literacy from the childhood level.

𝙒𝙝𝙮 𝙞𝙨 𝙛𝙞𝙡𝙢 𝙞𝙢𝙥𝙤𝙧𝙩𝙖𝙣𝙩 𝙛𝙤𝙧 𝙩𝙝𝙚 𝘾𝙝𝙞𝙡𝙙𝙧𝙚𝙣?
Film is the medium, the combination of different arts that will engage the children with the culture, society and education. It can help Children in the following ways:
- Visualisation builds their perspective
- Boosts Comparision and Analytical Skills
- Develops Creative Thinking
- Helps them to learn values.
- Strengthens relationship
- Film can help develop Children’s Cognitive skills, such as forming long-term memory, maintaining focus, developing logic, reasoning, visual and auditory processes.
𝐀𝐋𝐒𝐎,
- Film will help on the Children’s development as well as their personality development.
- Children will also be introduced to the Global Society and Culture through the medium of the films.
- Film could also be a strong medium to decrease the distance between the relation of the children and their parents.
- It will also help children to be a good and responsible human being.

𝐎𝐁𝐉𝐄𝐂𝐓𝐈𝐕𝐄
1) Nepal International Children Film Festival (NICFF)
2) School to School Film Festival (under NICFF)
3) Regular Film Screening & Discussion Program in Schools.
4) Young Film Making Workshops in Different Schools.
5) School Film Club
6) Training and Discussion on the Parents’ and Teachers’ Role in Film for Education
7) Children’s Film Archive
8) Research Program
9) Establish a weekly film screening program in schools
10) Establish a practice to create discussion, exercise the participation in the questioning or interview of the filmmakers or experts
11) Establish a practice of exercise the review writing of the film.

सम्पूर्ण नेपाली बालबालिका, अभिभावक, कलाप्रेमी तथा सञ्चारकर्मीहरु,नमस्कार, अभिवादन साथै नयाँ वर्ष २०८१ र विश्व कला दिवसको...
15/04/2024

सम्पूर्ण नेपाली बालबालिका, अभिभावक, कलाप्रेमी तथा सञ्चारकर्मीहरु,
नमस्कार, अभिवादन साथै नयाँ वर्ष २०८१ र विश्व कला दिवसको शुभकामना !

आज मिति २०८१ वैशाख ३ गते तदनानुसार २०२४ अप्रिल १५, विश्व कला दिवसको दिन ‘बालबालिकाका लागि चलचित्र’ अभियानका साथ स्थापना भएको एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल) पहिलो ‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’को घोषणा गर्दछ ।

घोषणा
नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव

‘अभिभावक र नानीबाबु सँगसँगै’ महोत्सव लोगो सार्वजनिक

‘अभिभावक र नानीबाबु सँगसँगै’ भन्ने आशयका साथ कलाकारहरु दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईले महोत्सवको प्रतीक चिह्न (लोगो) सार्वजनिक गर्दै महोत्सव घोषणा भएको हो । ८ वर्षीय कलाकार प्रसन राई नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को मुख्य कलाकारहरुमध्ये एक हुनुहुन्छ ।

महोत्सव हुने मिति
२०८१ मंसिर ५ देखि १४ गतेसम्म (नोभेम्बर २०–२९, २०२४)
नोभेम्बर २०– अन्तर्राष्ट्रिय बालदिवसको दिन उदघाटन

महोत्सव स्थान
काठमाडौं

नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सवभित्र
– विशेषतः ३ देखि १८ वर्ष उमेर समूह र अभिभावक तथा शिक्षक लक्षित १० दिने पहिलो नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव ।
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल–चलचित्र प्रदर्शन ।
– १८ वर्षभन्दा मुनिका फिल्म निर्माता (योङ्ग फिल्म मेकर)को फिल्म प्रतियोगिता तथा कार्यशाला
– बाल–चलचित्रबारे तथा यसले बालबालिका र समाजमा पार्ने प्रभावबारे सरोकारवालाहरुसँग छलफल÷अन्तक्र्रिया ।
– बालबालिकाको कला तथा बाल–पुस्तक प्रदर्शनी ।
– बालबालिकाको सहभागिता र संग्लनतामा चलचित्रकर्मीसँग छलफल ।
– निर्णायक (जुरी)को रुपमा बालबालिका समावेश तथा सहभागिता ।

बालबालिकाका लागि चलचित्र किन महत्वपूर्ण छ ?
चलचित्र बालबालिकालाई संस्कृति, समाज, शिक्षासँग जोड्न सक्ने विभिन्न कला मिश्रित माध्यम हो । यसले बालबालिकालाई यी विविध पाटोबाट सघाउन सक्दछ –
– दृश्यहरुले बालबालिकालाई कल्पना गर्न सघाउदै अवधारणा बनाउन मदत गर्दछ ।
– तुलना तथा विश्लेषण गर्न सक्ने क्षमता बढाउँछ ।
– रचनात्मक सोचको विकास गर्दछ ।
– विभिन्न सामाजिक, साँस्कृतिक, राजनीतिक मूल्यहरु बुझ्न मदत गर्दछ ।
– विभिन्न सम्बन्धहरु थप बलियो बनाउन सघाउँछ ।
– बालबालिकामा सीपहरु विकास गर्न, दीर्घकालिन सम्झनाहरु निर्माण गर्न, ध्यान केन्द्रित गर्न, वस्तुगत तर्कहरु राख्न, हेर्ने र सुन्ने प्रक्रियालाई चलचित्रले उल्लेखनीय भूमिका खेल्न सक्छ ।
साथै
– चलचित्रले बालबाबलिकाको व्यक्तित्व विकासमा मदत गर्दछ ।
– चलचित्रको माध्यमबाट विश्व समाज र संस्कृतिसँग साक्षात्कार गराउँदछ ।
– बालबालिका र अभिभावकबीच दूरी घटाउन र सामिप्यता सिर्जना गर्न सशक्त माध्यम बन्नसक्छ ।
– चलचित्रले बालबालिकालाई असल र जिम्मेवार बन्न उत्तिकै मदत गर्दछ ।

आयोजक एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल) बारे
एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल)को ‘बालबालिकाका लागि चलचित्र’को वातावरण सिर्जना गर्ने लक्ष्यसहित वि.सं.२०६९ (सन् २०१३)मा स्थापना भएको हो । जसमा चलचित्रकला मार्फत बालबालिकाको वैयक्तिक र व्यक्तित्व विकासमा सघाउने तथा चलचित्रमा बालबालिकाको विभिन्न सहभागितामार्फत् नेपाली चलचित्रको भविष्य पनि बलियो बनाउने उद्धेश्य राखिएको छ । बालबालिकाको सिकाईको प्रक्रियामा चलचित्र विशेष माध्यम हुनसक्ने अवधारणाका साथ उहाँहरुको पहुँचसम्म पु¥याउन तथा बाल्यकालदेखि नै चलचित्र साक्षरताको विकास गर्न एसिएफ नेपाल प्रतिवद्ध छ ।

एसिएफ नेपालका कार्यक्रमगत उद्धेश्य
– नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव आयोजना ।
– यस अन्तर्गत ‘स्कुल टु स्कुल फिल्म फेस्टिभल’ आयोजना ।
– स्कुलहरुमा नियमित बाल–चलचित्र प्रदर्शनी तथा छलफल कार्यक्रम ।
– योङ्ग फिल्म मेकिङ वर्कसप (१८ वर्ष मुनिकालाई चलचित्र निर्माण कार्यशाला) ।
– स्कुलमा सिनेमा क्ल्ब निर्माण तथा सञ्चालन ।
– शिक्षामा चलचित्रको महत्व सम्बन्धमा अभिभावक, शिक्षक तथा सरोकारवालासँग छलफल, अन्तक्र्रिया तथा तालिम ।
– बाल–चलचित्र संकलन तथा अभिलेखिकरण ।
– अनुसन्धान कार्यक्रम
– चलचित्रकर्मी वा विज्ञहरुसँग छलफल, प्रश्न वा अन्तर्वार्ता लगायतमा बालबालिकाको सहभागिता गर्ने–गराउने ।
– बालबालिकालाई फिल्मको समीक्षा लेखनको अभ्यास गर्ने–गराउने ।

भवदीय
केदार श्रेष्ठ (अध्यक्ष, एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल)
९८४१५९५९५६, [email protected]

Address

Sundhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal International Children's Film Festival - NICFF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal International Children's Film Festival - NICFF:

Share

Category