03/08/2024
नेपाल पश्मिना उद्योग संघको भावी कार्ययोजना तर्जुमा, पश्मिना क्षेत्रको सबल पक्षहरु , समस्याहरु ,अवसरहरु तथा व्यवधानहरु पहिचान गर्ने , त्यसैको आधारमा तत्कालीन, मध्यकालिन र दीर्घकालीन कार्ययोजना तयार गर्ने तथा पश्मिना निर्यात विषयमा वृहत् प्रस्तुति रह्यो । EU नेपाल TIPकार्यक्रमको प्रायोजनमा नव निर्वाचित कार्यसमितिको १०० दिनको अवसरमा घनीभूत छलफल उल्लासमय वातावरणमा सम्पन्न भयो । यस महत्त्वपूर्ण छलफलबाट प्राप्त निष्कर्षलाई लिपिबद्ध गरी कार्यनयन गरिनेछ ।
कार्यक्रममा सकृय सहभागी भई अमुल्य सुझाव तथा सल्लाह दिनुहुने नेपाल पश्मिना उद्योगसघका सदस्यज्युहरु, नेपाल सरकार, दातृ संस्था, विज्ञ तथा शुभेच्छुक प्रति हार्दिक आभार व्यक्त गर्दछौं।
We thank all the members for your active participation and constructive feedback and for making this a successful event.
मिति: श्रावण १७ र १८ गते (अगष्ट १ र २-, जम्मा एक रात दुई दिवसिय ।
स्थान : नगरकोट , होटल सोल्टी वेस्टर्न।