03/01/2025
हामी बस्ने शहर काठमाडौ उपत्यकामा दैनिक जसो हुने घण्टौ लामो ट्राफिक जाम । विश्व कै सबैभन्दा वायुप्रदुषित शहरहरु मध्ये एक भनेर कहलिएको काठमाडौ । भयानक सडक दुर्घटनाहरु घटिरहदाँ महसुस हुने असुरक्षित यात्राहरु !.......
यी दैनिक जसो भोग्नुपर्ने भयावह समस्याहरु हरेक तह, बर्ग, लिँग र समुदायका उपत्यकाबासीहरुले भोगिरहदाँ सरकार, सत्ता , सँसद र निकायहरुमा यसको महसुस किन भईरहेको छैन ? अहिले यी अवस्थाहरु आऊने १०/१५/२० बर्ष पछि झनै कति बिकराल र भयावह होलान् ? काठमाडौले के शास फेर्न सक्नेछ ?
अब समाधानहरुका तर्फमा कदम चाल्न ढिलो भईसक्यो। अत: कहिलेसम्म आम नागरिक समाजहरु मौन बस्न सक्छौ ?
अत: यस्तै परिदृष्यहरुमा आऊनुस् बहस , छलफल र अन्तरक्रिया गरौ ! समस्याहरुको समाधानको खोजी गरौ ! " साईकल र पैदल " सँगै शहरी जनस्वास्थका कुरा गरौ, हामीले जन्माएका छोराछोरीहरुका फोक्सो मुटु र मस्तिष्कका कुरा गरौ ।
जहिल्यै राजनिती खिचातानीका कुराहरुमा अलमलिने सँसदमा अबका दिनहरुमा यी मुद्दाहरुमा बहस र छलफल चलोस् । आमनागरिकहरुले तात्तातो घाममा लाईन लागेर भोट दिई जिताएका साँसदहरुले आमनागरिकहरुका यी दैनिक भोगाईहरुमा छलफल गरुन् , समाधान खोजोस् , पहल गरुन् !
यी नै बिषयहरुमा घनिभुत बहस गर्न सँबन्धित बिज्ञहरु र साँसदहरु सहित आऊने कार्यक्रम र मँचमा सहभागी बनौ! सरकार र सँसदलाई प्रश्न गरौ र जिम्मेवारी बनाऔ !