13/07/2024
यहि आउदो २०८१ सालको साउने सङ्क्रान्ति अवसरमा श्री केन्पा नव ज्योति युवा क्लब छेम्सद्वारा महाकुलुङ भित्रका साविक वडा स्तरीय फुटबल प्रतियोगिता हुन गइरहेको हुँदा खेलमा सहभागी हुन अनुरोध गरिन्छ।
● खेलका नियमहरू
१, खेलाडी एक टिममा अतिरिक्त खेलाडी २ जना सहित जम्मा ९ जना हुनुपर्ने छ । ( टिम प्रशिक्षक १ जना )
२, एउटा वडाको खेलाडीले अर्को वडाबाट खेल्न पाउने छैन।
३, टिम दर्ता शुल्क रु ४००० लाग्ने छ । ( डिपोजिट रु १००० पछि फिर्ता हुने गरी)
४, खेलाडी अनिवार्य पोषाकमा हुनुपर्ने छ ।
५, खेल खेल्ने क्रममा खेलाडीलाई कुनै प्रकारका चोटपटक लागेमा खेलाडी स्वयम जिम्मेवार हुनु पर्ने छ ।
६, खेलाडीले धुम्रपान, मद्यपान गरि खेल खेल्न पाउने छैन।
७, खेल रेफ्रिको निर्णय अनुसार खेलाइने छ ।
८, Red Card रू ५०० र Yellow Card रू २५० डिपोजिटबाट कटाईने छ ।
९, यदि खेलमा कुनै किसिमको विवाद आएमा आयोजक र रेफ्रिको निर्णय नै अन्तिम हुने छ ।
१०, टिम दर्ता रकम व्यवस्थापकको खातामा कुनै माध्यमबाट भुक्तानी गतेपछि फोन मार्फत पनि गर्न सकिन्छ।
११, टिम दर्ता गरिसक्नु पर्ने अन्तिम मिति र समय २०८१ साउन १ गते दिउँसो २:०० भित्र ।
● खेल हुने स्थान :
महाकुलुङ खेल मैदान हल्ला ( महाकुलुङ ३ छेस्काम)
● होटल व्यवसायीको हकमा
- सबै प्रकारको होटल तथा अन्य व्यवसायीहरू आयोजकसँग सम्पर्क गर्नुपर्नेछ ।
● पुरस्कारहरू:
प्रथम पुरस्कार रू १५,००० ( साथमा प्रमाण पत्र )
द्वितीय पुरस्कार रू १०,००० ( साथमा प्रमाण पत्र )
तृतीय पुरस्कार रू ७,००० ( साथमा प्रमाण पत्र )
सान्त्वना हुने टिमलाई : प्रमाण पत्र
● सम्पर्क :
कार्यक्रम संयोजक: उबी धन कुलुङ ( ९८६२५०८३७६)
कार्यक्रम सह-संयोजक: निश्चल कुलुङ ( ९८४९४०३०५६ )