22/01/2026
सूचना...!
भाषा, साहित्य, संस्कृति तथा समकालीन बौद्धिक विमर्शलाई सुदृढ बनाउने उद्देश्यका साथ आयोजना हुँदै आएको जनकपुर साहित्य महोत्सव–२०८२ यसअघि मिति माघ २२, २३ र २४ गते आयोजना गर्ने तय गरिएको थियो।
तर नेपाल सरकारद्वारा सोही अवधिमा आम निर्वाचनको मिति घोषणा भएसँगै देशभर निर्वाचनसम्बन्धी गतिविधि तीव्र हुने परिस्थितिलाई ध्यानमा राखी, महोत्सवको मिति परिमार्जन गरी सार्ने निर्णय गरिएको जानकारी गराइन्छ।
तदनुसार, जनकपुर साहित्य महोत्सव–२०८२ अब
📅 २०८२ चैत्र १२, १३ र १४ गते
📍 राम मंदिर पार्क,जनकपुरधाम
आयोजना हुने निश्चित भएको व्यहोरा सबैमा जानकारी गराइन्छ।
यस परिवर्तनबाट पर्न सक्ने असुविधाप्रति आयोजक परिवार क्षमाप्रार्थी छ र निरन्तर सहयोग, सहभागिता तथा सद्भावको अपेक्षा गर्दछ।
धन्यवाद।
– जनकपुर साहित्य महोत्सव
नव मिथिला फाउन्डेशन
आयोजक परिवार