09/10/2023
❤️
महेन्द्र मोरङ क्याम्पसको बिबिए र बिबिएमको ७ औं सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुको संयोजनमा सम्पन्न अन्तर फ्याकल्टी दशैं कप फुटसल प्रतियोगिता उपाधि बिएडले जितेको छ ।
विराटनगर स्थित गोपीनाथ मार्गमा रहेको स्पोर्ट्स हबमा भएको फाइनल खेलमा बिएडले बिसिएलाई टाइब्रेकरमा ३-२ ले हराउँदै च्याम्पियन बनेको हो । निर्धारित समयम दुबै टोलीले ३-३ को बराबरी खेलेका थिए । बिजेता बिएडले ट्रफी, मेडल सहित प्रमाणपत्र हात पार्यो ।