Mushayara Pariwar - मुशायरा परिवार

Mushayara Pariwar - मुशायरा  परिवार A family of likeminded people who love literature. We organise Ghazal Mushayara in Australia every year and also contribute in other literary activities.

We have an amazing history of 10 plus years promoting Nepali literature all over the 🌎.

मुशायरा परिवारका संयोजक तथा गजलकार जितेन्द्र मल्लको पहिलो गजलसङ्ग्रह ‘शाजिक’ क्यानबेरामा सम्पन्न ‘गजल मुशायरा–२०२६’ को अ...
20/09/2026

मुशायरा परिवारका संयोजक तथा गजलकार जितेन्द्र मल्लको पहिलो गजलसङ्ग्रह ‘शाजिक’ क्यानबेरामा सम्पन्न ‘गजल मुशायरा–२०२६’ को अवसरमा औपचारिक रूपमा अस्ट्रेलियामा लोकार्पण गरिएको छ।

२६ जना गजलकार, गायक तथा संगीतकर्मी र उल्लेखनीय संख्यामा उपस्थित गजलप्रेमी श्रोता–दर्शकहरूको उपस्थितिमा मुशायराकै मञ्चबाट ‘शाजिक’ लोकार्पण गरिएको हो।

सारांश पब्लिकेसनद्वारा प्रकाशित ‘शाजिक’मा प्रेम, सम्बन्ध, प्रवास, जन्मभूमि, जीवनदर्शन तथा विभिन्न मानवीय अनुभूतिसँग सम्बन्धित गजलहरू समेटिएका छन्। लामो समयदेखि लेख्दै आएका आफ्ना गजलहरूलाई पहिलोपटक पुस्तकाकार दिँदै मल्लले ‘शाजिक’मार्फत आफ्ना विभिन्न समय र अनुभूतिलाई पाठकमाझ ल्याएका छन्।

‘शाजिक’को लोकार्पणका अवसरमा क्यानबेरामा उपस्थित भई यो विशेष क्षणलाई आत्मीय बनाइदिनुहुने सम्पूर्ण गजलकार, सर्जक, संगीतकर्मी, श्रोता–दर्शक तथा शुभेच्छुकहरूप्रति मुशायरा परिवार हार्दिक आभार व्यक्त गर्दछ।

‘शाजिक’को अर्को लोकार्पण कार्यक्रम चाँडै नेपालमा पनि आयोजना हुँदैछ। नेपालमा हुने लोकार्पण कार्यक्रम तथा पुस्तक प्राप्त गर्न सकिने स्थान र समयसम्बन्धी जानकारी आगामी दिनमा सार्वजनिक गरिनेछ।

जितेन्द्र मल्ललाई पहिलो गजलसङ्ग्रह शाजिक’का लागि हार्दिक बधाई तथा आगामी सिर्जनात्मक यात्राका लागि शुभकामना।

क्यानबेराको मुशायरा मञ्चबाट लोकार्पण भएको ‘शाजिक’ अब नेपाल हुँदै अझ धेरै पाठकसम्म पुग्ने यात्रामा छ।

— मुशायरा परिवार

हार्दिक धन्यवाद! ❤️🙏हाम्रो कार्यक्रम भव्यताका साथ सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा हृदयदेखि नै हार्दिक आभार व्यक्त ग...
20/09/2026

हार्दिक धन्यवाद! ❤️🙏

हाम्रो कार्यक्रम भव्यताका साथ सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछौं। 🙏

कार्यक्रमलाई सफल बनाउन साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण प्रायोजकहरूमा विशेष धन्यवाद। ❤️

त्यसैगरी, आफ्नो व्यस्त समयका बाबजुद कार्यक्रममा उपस्थित भई हामीलाई माया, साथ र हौसला प्रदान गर्नुहुने सम्पूर्ण दर्शक, शुभचिन्तक, साथीभाइ तथा परिवारजनहरूमा हार्दिक धन्यवाद। 🙏❤️

तपाईंहरूको उपस्थिति र मायाले हाम्रो कार्यक्रमलाई अझ विशेष र अविस्मरणीय बनाएको छ।

तपाईंहरू सबैको साथ र सहयोगकै कारण यो कार्यक्रम भव्य रूपमा सफल भएको हो। 🎉

फेरि पनि सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार! 🙏❤️

माया, साथ र सहयोगका लागि धन्यवाद! 🇳🇵❤️

COUNTDOWN OVER… अब त आजै हो है!!! प्रतीक्षाको त्यो दिन आयो!गजलको त्यो विशेष साँझ अब केही घण्टामै सुरु हुँदैछ! गजल मुशायर...
18/09/2026

COUNTDOWN OVER… अब त आजै हो है!!!

प्रतीक्षाको त्यो दिन आयो!
गजलको त्यो विशेष साँझ अब केही घण्टामै सुरु हुँदैछ!

गजल मुशायरा क्यानबेरा २०२६
📅 आज, १९ सेप्टेम्बर २०२६
⏰ साँझ ४:०० बजेदेखि
📍 The Thakali Lounge & Bar, Gungahlin, Canberra

🎤 गजलका शेरहरू…
🎶 सुमधुर गायन…

क्यानबेरामा पहिलो पटक—आजको साँझ गजलमय बनाऔँ!

🙏 सबैलाई हार्दिक स्वागत छ। आजै भेटौँ है!

🎶 अब मात्र १ दिन बाँकी! 🎶क्यानबेरामा पहिलो पटक हुन गइरहेकोगजल मुशायरा क्यानबेरा २०२६📅 भोलि — १९ सेप्टेम्बर २०२६, शनिबार🕓...
18/09/2026

🎶 अब मात्र १ दिन बाँकी! 🎶

क्यानबेरामा पहिलो पटक हुन गइरहेको
गजल मुशायरा क्यानबेरा २०२६

📅 भोलि — १९ सेप्टेम्बर २०२६, शनिबार
🕓 साँझ ४:०० बजेदेखि
📍 The Thakali Lounge & Bar, Gungahlin, Canberra

🎟️ टिकटहरू सीमित छन्।
आफ्नो टिकट अझै बुक गर्नुभएको छैन भने आजै सम्पर्क गर्नुहोस्।

भोलि भेटौँला—गजलसँगै, मायासँगै, आफ्नोपनसँगै!

क्यानबेरामा ‘गजल मुशायरा २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ।यही सेप्टेम्बर १९ गते क्यानबेरामा आयोजना हुन लागेको यस वर्...
17/09/2026

क्यानबेरामा ‘गजल मुशायरा २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ।

यही सेप्टेम्बर १९ गते क्यानबेरामा आयोजना हुन लागेको यस वर्षको गजल मुशायरामा अस्ट्रेलियाका विभिन्न शहरसँगै नेपालबाट समेत गजलकारहरूको सहभागिता रहनेछ। गजल वाचन, गजल गायन तथा साहित्य र संगीतसँग सम्बन्धित प्रस्तुतिसँगै गजलकार जितेन्द्र मल्लको पहिलो गजलसङ्ग्रह ‘शाजिक’ को लोकार्पण पनि यस कार्यक्रमको विशेष आकर्षण रहनेछ।

कार्यक्रमको पूर्वतयारी र यससँग जोडिएका विषयलाई समेटेर साहित्यपोस्टले प्रकाशित गरेको समाचारका लागि साहित्यपोस्ट । SahityaPost लाई हार्दिक धन्यवाद। नेपाली गजलका गतिविधि, सर्जक र सिर्जनालाई निरन्तर स्थान दिँदै आउनुभएकोमा साहित्यपोस्टप्रति मुशायरा परिवार आभारी छ।

अब दुई दिनपछि क्यानबेरामा भेटौँ।

गजल मुशायरा–२०२६
📅 १९ सेप्टेम्बर २०२६, शनिबार
🕓 अपराह्न ४ बजेदेखि
📍 The Thakali Lounge and Bar, Gungahlin, Canberra
🎟️ दुई–कोर्स डिनरसहित AUD ५०

क्यानबेरा, अस्ट्रेलिया । मुशायरा परिवारको आयोजनामा आगामी शनिबार क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ आयोजना हुने भए....

🎉 अब मात्र २ दिन बाँकी! 🎉क्यानबेरामा पहिलो पटक हुन गइरहेको🌹 गजल मुशायरा २०२६ 🌹📅 १९ सेप्टेम्बर २०२६, शनिबार🕓 साँझ ४:०० बज...
17/09/2026

🎉 अब मात्र २ दिन बाँकी! 🎉

क्यानबेरामा पहिलो पटक हुन गइरहेको
🌹 गजल मुशायरा २०२६ 🌹

📅 १९ सेप्टेम्बर २०२६, शनिबार
🕓 साँझ ४:०० बजेदेखि
📍 The Thakali Lounge & Bar, Gungahlin

🎟️ टिकटहरू सीमित छन्।
कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने आजै आफ्नो टिकट कन्फर्म गर्नुहोस्।

अब प्रतीक्षाको अन्तिम दुई दिन…
क्यानबेरामा गजलको मिठाससँगै भेटौँला! ❤️🌹

अब मात्र ३ दिन बाँकी… प्रतिक्षा लगभग सकियो।गजल, संगीत र यादगार क्षणहरूले भरिएको त्यो साँझ अब नजिकिँदैछ।⏰ ३ दिन मात्र!🎟️ ...
16/09/2026

अब मात्र ३ दिन बाँकी…

प्रतिक्षा लगभग सकियो।
गजल, संगीत र यादगार क्षणहरूले भरिएको त्यो साँझ अब नजिकिँदैछ।

⏰ ३ दिन मात्र!
🎟️ आजै टिकट सुरक्षित गर्नुहोस्।

यो साँझ विशेष हुनेछ। तपाईं पनि सँगै हुनुहोस्!

15/09/2026

"तिम्रै कारण छाती भित्र दाग छ मेरो पनि
अलिअलि तिमीमा हक लाग्छ मेरो पनि..."

केही समयको विश्रामपछि मुशायरा परिवारको तर्फबाट फेरि अर्को साङ्गीतिक गजल लिएर आएका छौँ। यसपटक हामी गजलकार Lekh Karki को गजल “मेरो पनि” लिएर आएका छौँ।

यो शेरमा भनिएको “हक”लाई तपाईँले कसरी बुझ्नुहुन्छ?

के मायामा साँच्चै हक हुन्छ, कि त्यो हक महसुस मात्र हुन्छ?

गजल सुनेपछि आफ्नो विचार कमेन्टमा लेख्नुहोस् ल?

सायद तपाईँको बुझाइमा यो शेरको अर्थ अझ फरक हुन सक्छ।

🎧 पूरा गजल YouTube मा छ। https://youtu.be/iWZT5OThayo?si=1SzbYCtPeGoYObLM

अब मात्र ४ दिन बाँकी!क्यानबेरामा पहिलो पटक आयोजना हुन लागेको🌹 गजल मुशायरा २०२६ 🌹को रमाइलो साँझ अब नजिकिँदैछ।📅 १९ सेप्टेम...
15/09/2026

अब मात्र ४ दिन बाँकी!

क्यानबेरामा पहिलो पटक आयोजना हुन लागेको
🌹 गजल मुशायरा २०२६ 🌹
को रमाइलो साँझ अब नजिकिँदैछ।

📅 १९ सेप्टेम्बर २०२६
⏰ साँझ ४:०० बजेबाट
📍 The Thakali Lounge & Bar, Gungahlin, Canberra

आउनुहोस्, गजलसँगै एउटा अविस्मरणीय साँझ बिताऔँ।
क्यानबेरामा भेटौँला!

सुलभ दंगाल
12/09/2026

सुलभ दंगाल

Address

Sydney, NSW

Alerts

Be the first to know and let us send you an email when Mushayara Pariwar - मुशायरा परिवार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mushayara Pariwar - मुशायरा परिवार:

Shortcuts

Share