Quality Entertainment Awards

  • Home
  • Quality Entertainment Awards

Quality Entertainment Awards QUALITY ENTERTAINMENT AWARDS is the most popular award held in Nepal.

The awards are presented on sales merit, judging and voted by the public on the Internet/SMS.

“सर्जकलाई सम्मान, गुणस्तरीय सिर्जनालाई प्रोत्साहन”5th QUALITY ENTERTAINMENT AWARDS 2026FORMS OPEN FILM | MUSIC | FASHION...
22/06/2026

“सर्जकलाई सम्मान, गुणस्तरीय सिर्जनालाई प्रोत्साहन”

5th QUALITY ENTERTAINMENT AWARDS 2026

FORMS OPEN

FILM | MUSIC | FASHION

नेपाल विविध भाषा, कला, संस्कृति, भेषभूषा, रीतिरिवाज तथा परम्पराले सम्पन्न बहुआयामिक सांस्कृतिक सम्पदाको धनी राष्ट्र हो। विशेषगरी गीत–संगीत, चलचित्र तथा फेसनका क्षेत्रमा नेपालले आफ्नै मौलिक पहिचान निर्माण गरेको छ। हिमाल, पहाड र तराईका प्रत्येक गाउँ–बस्तीमा आफ्नै लोकभाका, लोकधुन, लोकसुस्केरा तथा सांगीतिक परम्पराहरू जीवन्त रूपमा विद्यमान छन्। जन्मदेखि मृत्युसम्मका हरेक संस्कार, चाडपर्व तथा सामाजिक अवसरहरूमा लोकसंगीतले नेपाली जनजीवनलाई सजीव र समृद्ध बनाउँदै आएको छ।

पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको हाम्रो मौलिक कला, संस्कृति, संगीत तथा नेपाली चलचित्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो। यस क्षेत्रमा समर्पित स्रष्टा, कलाकार, प्राविधिक तथा सर्जकहरूलाई सम्मान र पुरस्कार प्रदान गर्दा उनीहरूको सिर्जनात्मक यात्रामा थप ऊर्जा, प्रेरणा र उत्साह प्राप्त हुने विश्वास हामीले लिएका छौँ।

यही उद्देश्यलाई आत्मसात् गर्दै क्वालिटी फिल्म्स प्रा.लि. ले विगतमा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ र २०७९ नेपालमा सफलतापूर्वक आयोजना गरिसकेको छ। त्यसैगरी तेस्रो संस्करण २०८० मा मलेसियामा तथा चौथो संस्करण २०८१ मा नेपालमा सभ्य र भव्य रूपमा सम्पन्न गरिएको थियो। ती सबै संस्करणहरूले नेपाली कला, संगीत, चलचित्र तथा फेसन क्षेत्रका प्रतिभाहरूलाई सम्मानित गर्दै सिर्जनशीलताको प्रवर्द्धन र कलाकारहरूको मनोबल अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

यसै गौरवपूर्ण यात्रालाई निरन्तरता दिँदै पाँचौँ संस्करण “क्वालिटी इन्टरटेनमेन्ट अवार्ड–२०८२” नेपालमै आयोजना गरिने भएको छ। यस अवार्डमार्फत नेपाली कला, संगीत, चलचित्र तथा फेसन क्षेत्रका उत्कृष्ट व्यक्तित्व, सर्जक र सिर्जनाहरूलाई सम्मान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली सिर्जनाको पहिचानलाई अझ सशक्त र उचाइमा पुर्‍याउने लक्ष्य राखिएको छ।

आयोजक:
क्वालिटी फिल्म्स प्रा.लि.
Quality Films Pvt. Ltd.🇳🇵

‘पाँचौ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८२’को फारम खुला
22/05/2026

‘पाँचौ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८२’को फारम खुला

ब्युटी न्युज नेपाल काठमाडौँ, ७ जेठ ‘पाँचौ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८२’ हुने भएको छ । क्वालिटी फिल्मस् प्र...

Address


Telephone

+9779841311238

Website

Alerts

Be the first to know and let us send you an email when Quality Entertainment Awards posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Quality Entertainment Awards:

Shortcuts

  • Want your business to be the top-listed Event/venue?

Share