दरौंखोला युवा परिवार, अर्जुनचौपारी -आधिकारीक पेज

  • Home
  • Nepal
  • Syangja
  • दरौंखोला युवा परिवार, अर्जुनचौपारी -आधिकारीक पेज

दरौंखोला युवा परिवार, अर्जुनचौपारी -आधिकारीक पेज It's a official page of Darau khola yuwa pariwar (DKYP)

सामाजिक उत्तरदायित्व बहन गर्ने कर्ममा  धार्मिक पर्यटकिय स्थलको चिनारी साथै स्वागत र धन्यवाद बोड राख्दै दरौखोला युवा परिव...
03/07/2026

सामाजिक उत्तरदायित्व बहन गर्ने कर्ममा धार्मिक पर्यटकिय स्थलको चिनारी साथै स्वागत र धन्यवाद बोड राख्दै दरौखोला युवा परिवारका साथिहरु

दरौखोला युवा परिवार द्वारा अर्जुन चौपारी बजार क्षेत्रमा बजार को सुरक्षालाइ मध्य नजर गर्दै जडान गरिएको  सिसि टि भि  क्याम...
27/06/2026

दरौखोला युवा परिवार द्वारा अर्जुन चौपारी बजार क्षेत्रमा बजार को सुरक्षालाइ मध्य नजर गर्दै जडान गरिएको सिसि टि भि क्यामेरा आज स्याङ्जा जिल्ला प्रहरी उपरिक्षक श्रि रंजित सिंह राठौर को प्रमुख आतिथ्यता तथा प्रहरी नायब उपरिक्षक रमेस दत्त अवस्थि एवं अर्जुन चौपारी गा पा १नँ वडा का वडा अध्यक्ष श्रि रण बहादुर थापाको विशिष्ट आतिथ्यता मा विषेश समारोह बिच अर्जुन चौपारी प्रहरी चौकीलाइ हस्तान्तरण गरियो।

आदरणीय अर्जुन चौपारी वासि आमा बुवा दाजु भाइ तथा दिदी बैनि हरु  हजुर हरुको आफ्नो सुखदुःख को सारथि दरौखोला युवा परिवारद्वा...
20/06/2026

आदरणीय अर्जुन चौपारी वासि आमा बुवा दाजु भाइ तथा दिदी बैनि हरु हजुर हरुको आफ्नो सुखदुःख को सारथि दरौखोला युवा परिवारद्वारा अर्जुन चौपारी बजार आसपास का क्षेत्रहरूमा बजारको सुरक्षार्थ सिसी टिभि क्यामेरा जडान गरिएको कुरा यहा हरु लाई सर्वविधितै छ। सोही सिसिटिभी क्यामेरा को उद्घाटन कार्यक्रम मा स्याङ्जा जिल्लाका प्रहरी प्रमुख एसपी रन्जित सिंह राठोर ज्यूको प्रमुख आतिथ्यतामा यही असार १३ गते बिहान १० बजे उद्घाटन कार्यक्रम हुने हुँदा समस्त शुभचिन्तकहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं
स्थान :-अर्जुन चौपारी प्रहरी चौकी तल्लो बजार

निवेदक :- दरौखोला युवापरिवार

आज मिति २०८२-१२-१९ गते का दिन यस दरौखोला युबा परिवारको बैठक बसि  आम्दामि र खर्च सार्वजानिक गरियको  ब्यहोरा यसै फेसबुक पो...
02/04/2026

आज मिति २०८२-१२-१९ गते का दिन यस दरौखोला युबा परिवारको बैठक बसि आम्दामि र खर्च सार्वजानिक गरियको ब्यहोरा यसै फेसबुक पोष्ट अन्तर्गत सबै शुभचिन्तक ज्युहरु लाइ जानकारी गराउन चाहान्छौ| आम्दामि तर्फ कुल आम्दामि रु- १०४९८५८/- तथा खर्च तर्फ पुरस्कार
, आगन्तुक खेलाडी खाना खाजा तथा गेम् फि , रेफ्रि खाना खाजा तथा फि , प्रिन्टिङ प्रेस ,फ्लास् प्रिन्ट,शिल्ड हरु ,मेडल हरु ,प्रमाण पत्र ,प्रथम पुरस्कार तृतिय पुरस्कार सान्त्वना पुरस्कार तथा अन्य एकमुष्ट खर्च रु - ७८९४२८/- भएको |
यस्मा कुल आम्दामि मा खर्च घटाउँदा बचत हुन आएको रकम रु -२६०४३०/-छ
रकम ऊठ्न बाँकि रु- ४९२२६/-
सबै रकम बोलेर नबुझाउनु हुने हाम्रा शुभचिन्तक ज्यु हरुलाइ छिटो भन्दा छिटो क्लबमा बुझाइदिनु हुन हार्दिक अनुरोध गरिन्छ| धन्यवाद

देशैभरी यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अहिले जारी रहेकाे छ ।राष्ट्रिय परीक्षा बोर्डले हाल परीक्षा जारी रहेकाे ...
02/04/2026

देशैभरी यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अहिले जारी रहेकाे छ ।

राष्ट्रिय परीक्षा बोर्डले हाल परीक्षा जारी रहेकाे जनाएकाे हाे । पहिलाे दिन बिहीबार अनिवार्य अंग्रेजी विषयकाे परीक्षा हुने भएकाे छ । बोर्डका अनुसार यसवर्ष चैत २९ गतेसम्म संचालन हुने परीक्षामा ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका हुन् । एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एक गरी १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् । आजदेखी देश भरि सुरु हुन गइरहेको SEE परिक्षा मा सबै भाइ बैनि हरुले राम्रो अंक सहित उतिर्ण हुन का लागी दरौखोला युवा परिवार शुभकामना ब्यक्त गर्दछ

फागु पुर्णिमा २०८२ को उपलक्ष्य मा दरौखोला युवा परिवार द्वारा आयोजना गरिएको पुरुष भलिबल तथा साँस्कृतिक कार्यक्रम मा अतुलन...
31/03/2026

फागु पुर्णिमा २०८२ को उपलक्ष्य मा दरौखोला युवा परिवार द्वारा आयोजना गरिएको पुरुष भलिबल तथा साँस्कृतिक कार्यक्रम मा अतुलनिय योगदान दिनुहुने अ चौ गापा १ नं वडा कार्यालय तथा प्रहरि चौकि अर्जुन चौपारि लाइ प्रमाणपत्र प्रदान गर्दै हामी

जय होस्

दरौंखोला युवा परिवार द्वारा फागुपुर्णिमा २०८२ को शुभ अवसरमा आयोजना गरियको पुरुष् भलिबल प्रतियोगिता  हिजो  शान्त , शौहार्...
26/03/2026

दरौंखोला युवा परिवार द्वारा फागुपुर्णिमा २०८२ को शुभ अवसरमा आयोजना गरियको पुरुष् भलिबल प्रतियोगिता हिजो शान्त , शौहार्द एवं सफलता का साथ सम्पन्न भएको कुरा सम्पुर्ण खेलप्रेमि ,दातागण,सहयोगी तथा दरौखोला युवा परिवारका शुभचिन्तक हरु लाइ अवगत गराउन चाहन्छौ| यसको श्रेय हजुर हरु समस्त शुभचिन्तकलाइ जान्छ| यस क्रममा हामिलाइ आर्थिक, भौतिक ,नैतिक तथा सुझाब सल्लाह प्रदान गर्नुहुने सबैमा यो संस्था सधैं आभार एवं कृतज्ञता प्रकट गर्दै धन्यावाद दिन चाहन्छ| खेलमा छिटपुट निर्णय विवादास्पद भए भनेको सुनियो तर ति निर्णय दरौखोला युवापरिवार ले सोचे सम्झेर गरेको निर्णय भएको जानकारी गराउन चाहन्छौ| खेलाडी लाइ पुरस्कृत गर्दा हामिले खेल कुशलता का साथसाथ अनुशासन लाइ पनि ध्यान दिएर ति फैसला हरु गरेको अवगत गराउन चाहान्छौ

धन्यावाद

हार्दिक आभार🇳🇵       स्याङजा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा नं.३ तिनघरे निवासी समाजसेवि खेलप्रेमि दरौखोला युवा परिव...
25/03/2026

हार्दिक आभार🇳🇵
स्याङजा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा नं.३ तिनघरे निवासी समाजसेवि खेलप्रेमि दरौखोला युवा परिवारका शुभचिन्तक श्री प्रेम खनाल तथा रोहिता खनाल ज्युबाट २०८२ सालको पुरुष भलिबल प्रतियगिता एबम विविध साँस्कृति कार्यक्रको पूर्ण सफलताको कामना गर्दै रु.५००५/-(पाँच हजार रुपैयाँ पाँच ) रुपैयाँ आर्थिक सहयोग गर्नु भएकोमा प्रेम खनाल ज्यु लगाएत उहाँको सम्पूर्ण परिवारजनमा सुस्वास्थ्यको कामना सहित सामाजिक एबम वैदेशिक रोजगारीको उच्च सफलताको शुभकामना व्यक्त गर्दछौं !!!

दरौ खोला युवा परिवार
अर्जुन चौपारी -१

हार्दिक आभार🇳🇵       स्याङजा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा नं.१ निवासी समाजसेवि खेलप्रेमि दरौखोला युवा परिवारका सद...
24/03/2026

हार्दिक आभार🇳🇵
स्याङजा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा नं.१ निवासी समाजसेवि खेलप्रेमि दरौखोला युवा परिवारका सदस्य पुर्व खेलाडि श्री बिनय बिष्ट ज्युबाट २०८२ सालको पुरुष भलिबल प्रतियगिता एबम विविध साँस्कृति कार्यक्रको पूर्ण सफलताको कामना गर्दै रु.५०००(पाँच हजार रुपैयाँ) रुपैयाँ आर्थिक सहयोग गर्नु भएकोमा बिष्टजि लगाएत उहाँको सम्पूर्ण परिवारजनमा सुस्वास्थ्यको कामना सहित सामाजिक एबम वैदेशिक रोजगारीको उच्च सफलताको शुभकामना व्यक्त गर्दछौं !!!

दरौ खोला युवा परिवार
अर्जुन चौपारी -१

24/03/2026

Address

Syangja
Syangja

Alerts

Be the first to know and let us send you an email when दरौंखोला युवा परिवार, अर्जुनचौपारी -आधिकारीक पेज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category