04/04/2024
जात्राको कार्यक्रम
१. २०८० चैत्र २५ गते आइतबार चैत्र कृष्ण चतुरदर्सी बेलुका भैरवी बुढी भैरवी भेट सोही रात श्री नारायण देउता ब्रम्हायणी स्थान प्रस्थान ।
२. २०८० चैत्र २६ गते सोमबार चैत्र कृष्ण औंसीका दिन श्री नारायण देवता व्रम्हायणीबाट धरमपानी आउने सोही दिन बेलुका नारायण देवता रथ मा राखी श्रीका धामी¸ गणेश¸कुमार र गुठीयारहरु बाजागाजा निसान सहित जत्रा गर्दै आलम तान्ने¸सिदुर हाल्ने¸ विधि पुर्वक नारायण भित्राउने ।
३. २०८१ बैसाख ५ गते चैत्र शुक्ल नवमी लिङ्गो तान्ने (इन्द्रध्वज तान्ने )
४. २०८१ बैसाख ९ गते चैत्र शुक्ल त्रयोदसीका दिन श्रीका धामी देवीघाट जाल्पा मन्दिर निमन्त्रणा गर्न जाने ।
५. २०८१ बैसाख १० गते चैत्र शुक्ल चर्तुदसीका दिन बेलुका धामी नुहाउने, क्षेत्रपालमा गई महावनी लिने, रातको ८ बजे बुढी भैरवीमा तल्लो लिङ्गो उठाँउने र सोही ठाउँबाट यात्रा गर्दै बली चडाउँदै भैरवी मन्दिरको अगाडि आउने तत्पश्चात माथिल्लो लिङ्गो उठाउने काम नेपाली सेनाबाट हुने, त्यसपछी निमन्त्रणा पूजा गरी सोही रात भैरवी माई देवीलाई रथमा राख्ने ।
६. २०८१ बैसाख ११ चैत्र शुक्ल पूर्णिमाका दिन विहान साततले दरबारमा सिन्दुर हाल्ने र तुलजा भवानीको मन्दिरमा धामीबाट महाबली लिई धामी धमिनी¸ कुमार¸ गणेश¸ निसान गुठियार सहित भैरवीस्थान आई भैरवी माइको रथ उठाई बाजागाजा रकमी गुठियार सवै धरमपानी, बाराही¸ बट्टार इनारपाटी¸बाडाचौतारो हुदै देवीघाट पुग्ने, सोही राती विधिपूर्वक पुजा गरी रांगा¸ बोका¸ माछा¸ सहितको भोग धामीलाई दिएपछि पुर्णिमाको काम सम्पन्न हुने ।
७. २०८१ बैसाख १२ गते वैशाख कृष्ण प्रतिपदाको विहान इ गर्ने, विधिपुर्वक पुजाआजा गर्ने बेलुका रथ धामी धमीनी देवीघाट बाट फर्कने तयारी गर्ने, राती देवीघाट बाडाचौतारो इनारपाटी बट्टार पुरानोबजार हुदै बाराहीबाट धरमपानीमा वैशाख १३ गते विहान आइपुग्ने ।
८. २०८१ बैसाख १३ गते बैशाख कृष्ण द्वितियाको दिन दिनको ३ बजे विदुर २ धरमपानीबाट श्री भैरवी माइको रथ श्रीकाधामी, धमिनी, गणेश¸ कुमार गुठीयार बाजागाजा साजवाज निसान सहित आसागुर्जा टोली¸ सैनिक सुरक्षाका साथ भैरवी स्थान तर्फ प्रस्थान गर्ने¸ भैरवी माइको प्राङ्गणमा सिन्दुर हालेर तुलजा भवानीको मन्दिर पुग्ने, सोही रात भैरवी मन्दिर परिसर शितपाटी डवलीमा श्रीका धामी द्वारा राँगा¸ बोकाको भोग खाने ।
९. २०८१ बैसाख १४ गते वैशाख कृष्ण तृतीयका दिन बेलुका साततले दरबार तुलजा भवानी मन्दिर परिसरमा विधि पुर्वक स्यावजी वाड्ने ।
१०. २०८१ बैसाख १८ गते वैशाख कृष्ण सप्तमीका दिन वेलुका लामपाटीमा स्यावजी वाड्ने ।
११. २०८१ बैसाख १९ गते वैशाख कृष्ण अष्टमीका दिन हनुमान ढोका कर्णेलचोकबाट आउनु भएको भगवती लाई नागपानी भगवती थानमा विधि पूर्वक पुजाआज गर्ने ।
१२. २०८१ बैशाख २० गते वैशाख कृष्ण नवमीका दिन बेलुका भैरवीको विधि पूर्वक पुजाआजा गरी भैरवी भित्रने ।
१३. २०८१ वैशाख २१ गते वैशाख कृष्ण दशमीका दिन विहान माथिल्लो लिइगो ढाल्ने ।
१४. २०८१ वैशाख २२ गते वैशाख कृष्णा एकादशीका दिन विहान तल्लो लिङ्गो ढाल्ने।
उपरोक्त कार्यमा विभिन्न स्थानहरुमा वडाई हुने व्यहोरा अनुरोध गर्दै यस वर्षको श्री भैरवी माइको वर्ष बन्धन सिन्दुरे जात्रा पर्व समाप्त हुने व्यहोरा अनुरोध गर्दछु ।