26/12/2025
तपाईको एक भोट परिवर्तनको संवाहक बन्न सक्छ ।
त्यसैले रास्ट्रिय स्वतन्त्र पार्टीका प्रारम्भिक छनोटका समानुपातिक उम्मेदवार श्री नवराज थापा (खस आर्य) लाई पार्टीका सदस्यले आन्तरिक मत दिनु हुन अनुरोध गर्दछु। साथै भोटिङ भोली ७ बजे विहानबाट शुरु हुनेछ र घन्टी एपबाट भेरिफाईड् सदस्यले मात्र दिन मिल्नेछ ।
नवराज थापा नै किन त?
१. स्वदेशी उत्पादन प्रयोग गरि हरेक घरलाई उध्धोग बनाउने मेरो सपनालाई राजनितिबाटै निति नियम बनाई कार्यान्वयन गर्नुपर्ने छ । गफ भन्दा काम गर्नुपर्ने र जनतालाई डेलिभरि दिनुपर्ने अहिलेको आवश्यकता छ। हामी आम नेपालीको सपना साकार गर्ने पाटो राजनिति नै भएकोले ठाऊंमै पुगेर यो देश समृद्द बनाउनु पर्ने छ ।
२. पर्यटनको ठूलो सम्भावना बोकेको हाम्रो नेपाल विश्वकै सुन्दर देश मध्ये एक हो तर चाहेजति पर्यटक ल्याउन सकेका छैनौं । अहिले समय अनुसार पर्यटनको निति निर्माण गरि दिगो पर्यटनलाई प्राथमिकता दिनु पर्ने छ । नेटवर्किङ, मार्केटिगं र कनेक्टिभिटीमा काम गर्नु पर्ने छ जसले लाखौको रोजगारी श्रृजना गरि नेपाललाई विश्वको प्रमुख गन्तव्य बनाउने मेरो सपना नेतृत्वमा पुगे पछि नै संम्भव छ ।
३. नेपालमा रहेका बाँकी ऐतिहासिक सम्पदाहरुलाई विश्व धरोहर सुचि (वल्ड हेरिटेज साईट) मा सुचिकृत गर्नु पर्ने छ जसले लाखौ पर्यटकलाई नेपाल भित्रिन सहयोग पुग्ने छ ।
४. नेपालको स्वर्ग भनेर चिनिने सुदुर पश्चिमलाई विश्वको प्रमुख पर्यटकिय गन्तब्य स्थान बनाउने भूमिका खेल्ने छु जसले लाखौंको रोजगारी शृजना र ब्यवसायमा टेवा दिई त्यहाँको जनजिवन सम्पन्न बनाउने मेरो संकल्प छ ।
५. विश्वमा रहेका हजारौं विश्वका नेतृत्वसंग मेरो प्रत्यक्ष सम्पर्क रहेकोले देशहितको लागी सुमधुर सम्बन्ध राख्दै मेरो नेटवर्किङ र विशेषज्ञतालाई प्रयोग गर्ने छु।
अन्ततः तपाईको एउटा मतले देशको मुहारै परिवर्तन गर्न सक्छ कि? यो मेरो ग्यारेन्टी होईन तर म गर्न सक्छु भन्ने आत्मविश्वास चाँहि हो । जय घन्टी !