13/08/2026
दार्जिलिङमा शोक : अग्निवीर निशान्त राईको जम्मू–कश्मीरमा दुःखद निधन ।
दार्जिलिङ पुलबजार खण्ड पञ्चायत समितिकी सभापति (चियरमेन) श्रीमती निमन्ता तामाङका सुपुत्र अग्निवीर निशान्त राईको भारतीय सेनाको प्रशिक्षणका क्रममा जम्मू–कश्मीरमा भएको दुर्भाग्यपूर्ण दुर्घटनामा परी निधन भएको खबरले समग्र क्षेत्रलाई शोकमा डुबाएको छ।
देशसेवाको पवित्र उद्देश्य बोकेर भारतीय सेनामा अग्निवीरका रूपमा प्रवेश गरेका निशान्त राईको असामयिक निधनले परिवार, आफन्त, साथीभाइ तथा सम्पूर्ण क्षेत्रवासीलाई गहिरो पीडा र अपूरणीय क्षति पुगेको छ।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ।
भावपूर्ण श्रद्धाञ्जली, वीर निशान्त राई। 🇮🇳🙏