18/04/2026
कोशी प्रदेशका माननीय मुख्यमन्त्री आदरणीय हिकमत कार्की ज्युकी ममतामयी माता जानुका देवी कार्कीको स्वर्गारोहण भएको आज ११औँ दिनको पुण्यतिथिमा झापा, गौराधस्थित निवासमा पुगेर हार्दिक समवेदना प्रकट गरिएको छ।
यस दुःखद घडीमा नयन मिडिया फाउन्डेसनका तर्फबाट सल्लाहकार आदरणीय लेखनाथ घिमिरेसहितको टोलीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
उक्त समवेदना कार्यक्रममा
• हिसानका प्रदेश उपाध्यक्ष गणेश दुलाल
• प्याबसन सुनसरीका अध्यक्ष थानेश्वर ढकाल
• लायन्सकर्मीहरू
• मुक्तिनाथ घिमिरे
• कृष्ण घिमिरे
• भुपाल भट्टराई लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै “भगवानले उहाँको आत्मालाई चिरशान्ति प्रदान गरून् र शोकाकुल परिवारलाई यो असह्य पीडा सहने शक्ति प्रदान गरून्” भन्ने कामना व्यक्त गरिएको छ।